अरूणाचलः पैह्रोले अनिनी-रोइंग राष्ट्रिय राजमार्ग क्षतिग्रस्त, 6 मार्चसम्म यातायातमाथि रोक
अरूणाचलः पैह्रोले अनिनी-रोइंग राष्ट्रिय राजमार्ग क्षतिग्रस्त, 6 मार्चसम्म यातायातमाथि रोक


इटानगर, 5 मार्च (हि.स.)। अरुणाचल प्रदेशको दिबांग घाटी जिल्लाको अनिनी-रोइंग क्षेत्रमा राष्ट्रिय राजमार्ग- 313 मा पैह्रो गएपछि जिल्ला प्रशासनले 6 मार्चसम्मको लागि सबै प्रकारको यातायातलाई बन्द गरिदिएको छ।

दिबांग घाटीकी डिप्टी कमिश्नर (डीसी) पगली सोरा (एपीसीएस)-ले बुधवार बताइऩ्, गए मंगलवार अपरान्ह राष्ट्रिय राजमार्ग-313 मा एटलिनस्थित पाँच किलो क्षेत्रमा ठूल्-ठूला चट्टानहरू राष्ट्रिय राजमार्गमा झरेको छ जसले गर्दा धेरैवटा ठाउँमा सड़क पूर्ण रूपले ध्वस्त भएको छ। सड़क भत्किएर अनिनी र रोइंगबीच यातायात बाधित भएको छ। त्यसपछि सतर्कताको रूपमा प्रशासनले ती जोखिमपूर्ण मार्गमा वाहनहरूको आवागमनमाथि प्रतिबन्ध लगाइदिएको छ।

डीसी सोराले भनिन्, पैह्रोग्रस्त क्षेत्रमा मरम्मती कार्य द्रूत गतिमा भइरहेको भए पनि प्रतिकूल मौसमको कारणले मरम्मत कार्यमा बाधा पुगिरहेको छ। सड़क सफा गर्न अझ दुई दिन लाग्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande