गुवाहाटी, 05 मार्च (हि.स.)। असम विधानसभामा बुधवार त्यसबेला ठूलो खैलाबैला मच्चियो जतिबेला सत्तारूढ़ भाजपा तथा विपक्षी दलमाज चर्काचर्की बहस शुरू भयो। यो विवाद दुईवटा आपत्तिजनक शब्दहरू प्रयोग गरेको कारणले शुरू भएको थियो जसले गर्दा सदनलाई केही समयसम्मको लागि स्थगित गर्नुपऱ्यो।
प्रश्नकाल अवधि निलम्बित कंग्रेस विधायक शेरमान अली अहमदले बरपेटाको आलोपटीमा उप-मण्डलीय कृषि कार्यालयसित सम्बन्धित मुद्दामाथि प्रश्न उठाए। आफ्नो टिप्पणीमा उनले अधिकारीहरूको भ्रमित बनाउने जवाफहरू- को तुलना एक विशेष शब्दसित गरे जसलाई भाजपा विधायक रूपज्योति कुर्मीको विरोधपश्चात अध्यक्ष विश्वजीत दैमारीले सदनको कारबाहीबाट हटाइदिए।
प्रश्नकाल समाप्त समाप्त भएपछि कुर्मीले यस मुद्दालाई लिएर फेरि प्रश्न उठाए अनि अहमदको टिप्पणीलाई उनको सामुदायिक पहिचानसित जोड़्दै प्रश्न गरे। यस अवधि उनले बंगाली भाषी मुसलमानहरूको लागि एक आपत्तिजनक शब्द प्रयोग गरे जसबाट विपक्षी सदस्यहरूमा आक्रोश फैलियो।
कंग्रेस, एआईयूडीएफ, माकपा औ राइजर दलका विधायकहरूले यस टिप्पणीमा माफीको माग गरे जसपश्चात अध्यक्ष दैमारीले यसलाई कारबाहीदेखि हटाइदिए। तथापि सदनमा तनाउ कायम रह्यो अनि 15 मिनटको लागि कार्यवाहीलाई स्थगित गर्नुपऱ्यो।
सत्र पुनः शुरू भएपछि अहमदले फेरि मागीको माग गरे अनि शब्दलाई नस्लभेदीको संज्ञा दिए। विपक्षका नेता दबब्रत सौकियाले पनि यसमाथि आपत्ति जनाउँदै प्रश्न उठाए, विधानसभामा यसप्रकारको भाषालाई कसरी सहन गर्न सकिन्छ।
लगातार जारी विरोधलाई मध्यनजर गर्दै उपाध्यक्ष नुमन मोमिनले हस्तक्षे गरे अनि दुवै विवादस्पद शब्दहरूलाई सदनको कारबाहीदेखि हटाउने आदेश दिए। त्यसपछि मात्र सदनमा शान्ति बहाल भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा