कोलकाता, 5 मार्च (हि.स.)। भारत-बंगलादेश अन्तरराष्ट्रिय सीमामा फेरि एकपटक बीएसएफका जवानहरूले आफ्नो सक्रियताको परिचय दिएका छन्। दक्षिण बंगाल सीमान्त अन्तर्गत आईसीपी पेट्रापोलमा तैनाथ 145औं बटालियनका जवानहरूले गए मंगलवार बिहान बंगलादेशदेखि भारतमा सुन तस्करी गर्ने प्रयास गरिरहेकी एकजना महिलालाई समाते। महिलाबाट 103.090 ग्राम सुन जफ्त गरेको छ जसको मूल्य लगभग 8 लाख 82 हजार 966 रुपियाँ रहेको अनुमान लगाइएको छ।
यो कारबाही गए मंगलवार बिहान लगभग 8:20 बजे गरिएको हो। उत्तर 24 परगना जिल्लाको भारत-बंगलादेश सीमाका आईसीपी पेट्रापोलमा तैनाथ जवानहरूले बंगलादेशबाट आइरहेका यात्रीहरूको नियमित जाँच गर्ने क्रममा एकजना महिलालाई संदिग्ध देखेर रोके। मेटल डिटेक्टरबाट जाँच गर्दा महिलाको दुव हातको नारीमा धातु रहेको संकेत पाइयो। खोजी अभियान अवधि महिलाको हातमा तीनवटा सुनको चुरा भेटियो।
जाँचबुझमा महिलाले बताइन्, यी चुराहरू उसको पतिले उसलाई उपहारमा दिएका थिए, तर उसले सुनसित सम्बन्धित दस्तावेजलाई देखाउन महिला असमर्थ भइन्। त्यसपछि बीएसएफले महिलालाई हिरासतमा लियो। जाँचमा यो पनि सामु आएको छ, चुरामा 99.76 प्रतिशत शुद्ध सुन प्रयोग गरिएको छ जुन सामान्य आभूषणहरूमा हुँदैन।
पक्रा पर्ने महिला बंगलादेशको कोमिल्ला जिल्ला निवासी हुन्। जाँचबुझमा उसले बताई, उ उपचारको बहानामा कोलकाता आएरहेकी थिई। तर बीएसएफको सतर्कताको कारणले उसको तस्करीको योजना असफल भयो। जफ्त गरिएको सामान सहित महिलालाई कानूनी कारबाहीको लागि सम्बन्धित विभागमा सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा