दार्जिलिङ, 05 मार्च (हि.स.)। 5 डेसिमल पट्टाविरुद्ध गोलबद्ध राजनीतिक दल अनि सामाजिक संघ-संस्थाहरुले सामुहिक आन्दोलन गर्ने बताएको छ। कानुन अनि सडक आन्दोलन गरेर कार्यसूची तयार पार्न जोइण्ट एक्शन टीम गठन गर्ने आज दार्जिलिङमा बसेको सामुहिक बैठकले प्रस्ताव पारित गरेको गोजमुमो प्रवक्ता डा. किशोर भारतीले पत्रकारहरुलाई सम्बोधन गर्दै बताएका छन्। 21 फरवरीपछि दार्जिलिङमा आज बसेको यसचोटिको बैठकमा गोजमुमो, गोरामुमो, माकपा, क्रामाकपा, भाजपा, आइजीडीएफ अनि ज्ञानका प्रतिनिधिहरु उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक