भारत: एक विहङ्गम दृष्टि चुनौती
भारत: एक विहङ्गम दृष्टि चुनौती


आकाशबाट भारतलाई कैद गर्नु

परिचय

भारतमा सिर्जना चुनौतीको अंश रहेको “वेभ्स इण्डिया : विहङ्गम दृष्टि चुनौती”, आकाशबाट छायाङ्कनको माध्यमद्वारा भारतको विस्मयकारी सौन्दर्य अनि विविधता कैद गर्न ड्रोन पाइलट र फिल्म निर्माताहरूलाई आमन्त्रित गर्दछ। प्रतिभागीहरूले देशको परिदृश्य, विरासत अनि जीवन्त जीवनलाई पक्षीको नजरले कैद गर्दै 2-3 मिनटको भिडियो बनाउनु पर्नेछ। सूचना एवं प्रसारण मन्त्रालयको सहयोगमा ब्रडकास्ट ईञ्जिनियरिङ कन्सल्टेन्स् इण्डिया लिमिटेड (बीईसीआइएल) द्वारा आयोजित यस चुनौतीमा 15 फेब्रुअरी 2025 सम्म 965 पञ्जिकरण प्राप्त भइसकेको छ।

यो पहल, 1 देखि 4 मईसम्म, मुम्बईको जियो वर्ल्ड कन्भेन्शन सेन्टर र जियो वर्ल्ड गार्डनमा आयोजित हुने विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलनको (वेभ्स) गतिविधि अन्तर्गत पर्ने एउटा अंश हो। वेभ्सको यो पहिलो संस्करण सम्पूर्ण मिडिया एवं मनोरञ्जन (एम एवं ई) क्षेत्रको सम्मिलनका लागि निर्दिष्ट विशिष्ट समग्र साइकलको पाङ्ग्रो जस्तै अन्तर-सम्बन्धित मञ्च हो। शीर्ष वैश्विक कार्यक्रमका रूपमा, यो अन्तरराष्ट्रिय मिडिया एवं मनोरञ्जन उद्योगको ध्यान भारतमा केन्द्रित गर्दै भारतीय मिडिया एवं मनोरञ्जन क्षेत्र अनि यहाँको विशाल प्रतिभा जमातसँग जोड्न लक्षित छ। वेभ्स चारवटा मुख्य स्तम्भ जस्तै प्रसारण एवं ज्ञानरञ्जन, एभीजीसी-एक्सआर (एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स तथा एक्सटेन्डेड रियालिटी), डिजिटल मिडिया एवं नवाचार तथा फिल्ममा संरचित छ। “भारत : एक विहङ्गम दृष्टि चुनौती” सूचना एवं ज्ञानोरञ्जन अन्तर्गत पर्ने प्रथम स्तम्भको अंश हो, जसले मिडियाको उदीयमान परिदृश्य, सूचना प्रसारण तथा मनोरञ्जनमाथि केन्द्रित गर्दछ।

वेभ्सको अंशका रूपमा भारतमा सिर्जना चुनौतीले मिडिया एवं मनोरञ्जन क्षेत्रको सिर्जनशीलतालाई बढावा दिन्छ भने हालसम्म यस अन्तर्गत 73,000 भन्दा धेरै पञ्जिकरण प्राप्त भइसकेको छ। यस पहलले वैश्विक रूपमा रचनाकारहरूलाई संलग्न गराउँदै आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्दछ। यसले मिडिया अनि मनोरञ्जन केन्द्रका रूपमा भारतको भूमिकालाई बल प्रदान गर्दछ।

प्रतिभागिताको श्रेणी

खुल्ला श्रेणी

· भिडियो सम्पादक

· पेशागत ड्रोन पाइलट

· फिल्म निर्माता/ टोली/ विद्यार्थी/ व्यक्ति

ड्रोन दिदी

· भारत सरकारको ड्रोन दिदी योजनाका लाभार्थीहरू

विषयको सुझाउ

· भारतको समृद्ध विरासतको प्रस्तुति

· भारतको विविधतापूर्ण संस्कृतिको उजागर

· भारतको विविधताको महोत्सव

· भारतको विशिष्टतामाथि जोड

· विविध क्षेत्रमा भारत अग्रणी रहेको चित्रण

· प्राचीन भारतीय सभ्यता पूर्ण विकसित रहेको वर्णन

· आधुनिक, विकसित भारतको प्रस्तुति

· भारतमा जनमानसलाई व्यापक रूपमा प्रभावित पार्ने अभिनव पहलहरूको प्रस्तुति

· ड्रोन दिदी कार्यक्रम अन्तर्गत वा अन्य कुनै समुदायसित सम्बन्धित सामाजिक कार्यका लागि ड्रोनहरूको उपयोगको प्रस्तुति

मूल्याङ्कनको मापदण्ड

संक्षिप्त सूचीको तयारी

प्रत्येक श्रेणीबाट (ड्रोन दिदी र खुल्ला श्रेणी) अन्तिम मूल्याङ्कनका लागि गुणस्तर र सामग्रीका आधारमा शीर्ष 10 भिडियो चयन गरिनेछ।

अन्तिम चयन

प्रतिष्ठित सङ्गठनका साथै उद्योगका विशेषज्ञहरू सामेल रहेको विशिष्ट निर्णायकगणद्वारा अन्तिम मूल्याङ्कन गरिनेछ।

विजेता

विजेताहरूलाई मुम्बईमा वेभ्स 2025 मा सम्मानित गरिनेछ।

बुझाउने दिशानिर्देश

· हालमा, यो चुनौती केवल नमो ड्रोन दिदी श्रेणीका प्रतिभागीहरूका लागि खुल्ला छ भने भिडियो बुझाउने अन्तिम मिति 15 मार्च 2025 रहनेछ।

· भिडियो अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग गर्दै विस्मयकारी, हाइ-डेभिनेशन दृश्य निपुणतापूर्वक कैद गरिएको हुनुपर्नेछ।

· समग्र सिनेमाई अनुभव बढाउन यसमा प्रगाढ पार्श्व स्वरका साथमा विशेषज्ञतापूर्ण रूपले भरिएको पार्श्व सङ्गीत पनि हुनुपर्नेछ।

· भिडियो मौलिक साथै यस चुनौतीका लागि विशेष रूपमा रचना गरिएको हुनुपर्नेछ।

· यसमा भारतको विस्मयकारी सौन्दर्य अनि विविधता प्रदर्शित गरिएको वा प्रतियोगितामा मागिएको शीर्षक अनुरूप हुनुपर्नेछ।

· भिडियो अन्य कुनै स्रोतबाट चोरिएको, संशोधित वा पुनर्निर्माण गरिएको हुनु भएन।

· फाइल एमपी-4/ एमपीईजी-4 वा एमओभी स्वरूपमा हुनुपर्नेछ।

· प्रतियोगिताको अवधिमा तयार गरिएको कामको सर्वाधिकार सूचना एवं प्रसारण मन्त्रालय/ वेभ्ससँग निहित रहनेछ।

पुरस्कार एवं मान्यता

शीर्ष पुरस्कार

· प्रत्येक श्रेणीमा प्रथम, दोस्रो एवं तेस्रो शीर्ष पुरस्कार (ड्रोन दिदी तथा खुल्ला श्रेणी)।

सान्तवना पुरस्कार

· दुईवटा सान्तवना पुरस्कार प्रदान गरिनेछ।

प्रमाणपत्र

· प्रत्येक श्रेणीमा चयन भएका सबै भिडियोका लागि डिजिटल प्रशंसा प्रमाणपत्र प्रदान गरिनेछ।

भव्य सम्मान कार्यक्रम

पुरस्कार विजेताहरूले मुम्बईमा वेभ्स 2025 शिखर सम्मेलनमा आकर्षक पुरस्कार एवं प्रमाणपत्र प्राप्त गर्नेछन्।

निष्कर्ष

वेभ्स इण्डिया : एक विहङ्गम दृष्टि चुनौती भारतको विस्मयकारी परिदृश्य, सांस्कृतिक विरासत अनि आधुनिक प्रगतिलाई आकाशबाट छायाङ्कनको माध्यमद्वारा प्रदर्शित गर्न ड्रोन पाइलट र फिल्म निर्मताहरूका लागि विशेष अवसर हो। विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मलेनको (वेभ्स) अंशका रूपमा, यस चुनौतीले रचनात्मक कथावाचनलाई मात्र पोषित नगरेर भारतको उदीयमान मिडिया एवं मनोरञ्जन परिदृश्य पनि आलोकित गर्दछ। प्रतिभागीहरूबाट अभूतपूर्व प्रतिक्रियापछि, यो प्रतियोगिता नवाचार एवं कलात्मक उत्कृष्टताको महोत्सव बन्ने निश्चित छ। असाधारण प्रतिभाहरूलाई मान्यता एवं पुरस्कृत गरी, यस चुनौतीले मिडिया, प्रविधि र रचनात्मकताको वैश्विक केन्द्रका रूपमा भारतको स्थानलाई बल प्रदान गर्दछ। (पीआइबी)

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande