गान्तोक, 05 मार्च (हि.स.)। सिक्किम डाक प्रभागले 3-4 मार्च, 2025 मा गान्तोकमा जिल्ला स्तरीय डाक टिकट प्रदर्शनी, ‘कञ्चनजङ्घापेक्स-2025’ सफलतापूर्वक आयोजना गरेको छ। पहिलो दिन, कार्यक्रमको उद्घाटन सिक्किम विश्वविद्यालयका उपकुलपति ज्योति प्रकाश तामाङ र सिक्किम तथा उत्तर बङ्गाल क्षेत्रका पोस्टमास्टर जेनरल सीएल लालफकजुआला तथा सिक्किम सरकारका भूमि सुधार तथा आपदा प्रबन्धनका अतिरिक्त निर्देशक राजीव रोकाले गरेका थिए।
सर टासी नामग्याल र एयरोस्पेस इञ्जिनियर स्टीफन स्मिथलाई सम्मान जनाउँदै सिक्किम रकेट मेलको 90 वर्ष (1935-2025) मा विशेष कवर जारी गरिएको थियो। प्रदर्शनीमा 79 वटा पक्ष भएका 40 वटा फ्रेम सामेल थिए, जसमा महात्मा गान्धी, महिला सशक्तिकरण, तिब्बत, दार्जीलिङ टोय ट्रेन र ब्रिटिश इण्डिया स्ट्याम्प जस्ता विषयवस्तुहरूमा डाक टिकट, प्रथम दिवसको कवर र डाक स्टेशनरी प्रदर्शन गरिएका थिए।
टाशी नामग्याल एकाडेमी, होली क्रस स्कूल, आर्मी पब्लिक स्कूल (दार्जीलिङ) र अन्य स्कूलका सङ्ग्रह, उत्तर बङ्गाल र सिक्किमका प्रमुख डाक टिकट सङ्ग्रहकर्ताहरूको प्रदर्शनसँगै प्रदर्शित गरिएका थिए। पत्र लेखन र डाक टिकट डिजाइन प्रतियोगिता, एक डाट टिकट सङ्ग्रह कार्यशाला र एक जादू शो जस्ता गतिविधिहरूले विद्यार्थीहरूलाई आकर्षित गरे।
यस दिनको एक सांस्कृतिक आकर्षण सांस्कृतिक विभागद्वारा प्रस्तुत याक नृत्य र अखण्डता नृत्य थियो, जसले कार्यक्रमलाई अझ जीवन्त बनायो।
दोस्रो दिनमा डाक टिकट सङ्ग्रहमाथि एक कार्यशाला र डाक टिकट सङ्ग्रहमाथि एक प्रश्नोत्तरी प्रयियोगिता आयोजन गरियो। सिक्किमकी राज्य पुतली ‘ब्लू ड्युक’ माथि एक विशेष कवर जारी गरियो, जसले राज्यको समृद्ध जैव विविधतालााई अझ उजागर गर्यो। विभिन्न प्रतियोगिताका विजेताहरूलाई उनीहरूको उत्कृष्ट प्रदर्शनका लागि पुरस्कृत गरियो।
सिक्किम राज्यका डाकघरहरूका उप अधीक्षक श्री रवि लामा र उनको टोलीको प्रयासका कारण प्रदर्शनी भव्य रूपमा सफल भयो। यस कार्यक्रमले विद्यार्थी र सर्वसाधारणमा डाक टिकट सङ्ग्रहप्रति रुचि बढायो, जसले गर्दा यसको निरन्तर प्रचार-प्रसार सुनिश्चित भएको पीआईबीद्वारा जारी विज्ञप्तिमा बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल