गुवाहाटी, 05 मार्च (हि.स.)। बजालीका असिस्टेन्ट कमिश्नरलाई 50 हजार रुपियाँ घूस लिँदैै गर्दा ठाउँबाटै पक्राउ गरिेएको छ। बुधवार दिइएको जानकारी अनुसार असमको सतर्कता तथा निरोधक निदेशालयलाई सिकायत प्राप्त भएको थियो कि बजाली जिल्लाको उपायुक्त कार्यालयमा सहायक आयुक्त गौरव शेखर दास (एसीएस)-ले एकजना व्यक्तिसित माटो कटाई व्यवसायको एऩओसीको लागि एक लाख रुपियाँ घूस मागेका थिए। सिकायतकर्ताको अनुरोधमा आरोपी अधिकारीले यो राशि घटाएर 50 हजार रुपियाँ बनाए।
सिकायतकर्ता घूस दिन चाहदैनथे, त्यसैले उसले सतर्कता एव भ्रष्टाचार निरोधक निदेशालयसित सम्पर्क गरी कानूनी कारवाही गर्ने माग गरे। त्यसपछि निदेशालयको टीमले बुधवार बजाली जिल्लाको उपायुक्त कार्यालय, पाठशालामा जाल थापियो। गौरव शेखर दासलाई उनको कार्यालयमा सिकायतकर्ताबाट 50 हजार रुपियाँ घूस लिँदै गर्दा पक्राउ गरियो। घूसको रुपियाँ उनीबाटै जफ्त गरियो जसको पुष्टि स्वतन्त्र गवाहहरूको उपस्थितिमा गरियो।
साक्ष्यहरूको आधारमा आरोपी अधिकारीलाई पक्राउ गरिएको छ। यस सम्बन्धमा एसीबी थानामा मामिला (केस संख्या 27/2025) दर्ता गरिएको छ साथै अग्रिम कारबाही जारी राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा