असमको 83,000 हेक्टेयर जमीनमा चारवटा राज्यहरूको अतिक्रमण
असमको 83,000 हेक्टेयर जमीनमा चारवटा राज्यहरूको अतिक्रमण


गुवाहाटी, 05 मार्च (हि.स.)। असमका सीमा सुरक्षा औ विकास मन्त्री अतुल बोराले विधानसभामा बताए, राज्यको लगभग 83,000 हेक्टेयर जमीनमा चारवटा छिमेकी राज्यहरू क्रमैले अरुणाचल प्रदेश, नागाल्याण्ड, मेघालय औ मिजोरमले अतिक्रमण गरेका छन्।

मन्त्री बोराले कंग्रेस विधायक रेकिबुद्दीन अहमदको प्रश्नको जवाफमा भने, अरुणाचल प्रदेश, नागाल्याण्ड, मेघालय औ मिजोरमले 82,751.86 हेक्टेयर भूमिमा कब्जा गरेका छन्। यीमध्ये सबैभन्दा अधिक 59,490.21 हेक्टेयर क्षेत्रमा नागाल्याण्डको कब्जा छ। अरुणाचल प्रदेशले 16,144.01 हेक्टेयर जमीनमा अतिक्रमण गरेको छ भने मिजोरमको कब्जामा 3,675.78 हेक्टेयर भूमि छ। मेघालयले 3,441.86 हेक्टेयरमा कब्जा गरेको छ जुन यी चारवटा राज्यहरूमध्ये सबैभन्दा कम हो।

मन्त्रीले बताए, अतिक्रमणबाट प्रभावित जिल्लाहरूमा शोणितपुर, विश्वनाथ, लखिमपुर, धेमाजी, तिनसुकिया, डिब्रुगढ़, चराइदेव औ जोरहाट सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande