कोलकाता, 05 मार्च (हि.स.)। बितेका केही दिनदेखिको विद्यार्थी आन्दोलनको कारणले पश्चिम बंगालको जादवपुर विश्वविद्यालय अशान्त भएको छ। पठन-पाठन पूर्ण रूपले बाधित भएको छ। कुलपति भास्कर गुप्ता विश्वविद्यालय जान असमर्थ छन् साथै उनको स्थिति बिग्रिँदै गइरहेको छ। यसै स्थितिलाई सामान्य बनाउनको लागि कलकत्ता हाईकोर्टमा जनहित याचिका दर्ता गरिएको थियो जसमा अदालतसित हस्तक्षेप गर्ने माग गरिएको थियो।
बुधवार यस मामिलाको तत्काल सुनवाई उजुरीमाथि सुनवाई गर्दै मुख्य न्यायाधीश टीएस शिवगणनमले स्पष्ट पारे, यो कानून व्यवस्थासित सम्बन्धित मामिला भएको कारणले यसलाई सम्हाल्ने जिम्मेवारी राज्य सरकारको हो। उनले भने, विश्वविद्यालयको आफ्नो कानून छ भने राज्य सरकारसित आफ्नो शक्ति। राज्य सरकारलाई कदम उठाउन दिनुहोस्। हामी यहाँ यो बताउनको लागि बसेका होइनौं कि कोसित कस्तो अधिकार छ।
मुख्य न्यायाधीशले विश्वविद्यालयमा जारी गतिरोधप्रति चिन्ता व्यक्त गरे। तर यसलाई आन्तरिक मामिला बताउँदै यसमा दखल गर्न अस्वीकार गरिदिए। यसको साथै तत्काल सुनवाई उजुरीलाई पनि खारेज गरिदिए। तथापि सूत्र अनुसार यस मामिलामा आगामी बिहीवार हुनसक्छ।
उल्लेखनीय छ, गत शनिवार विश्वविद्यालय परिसरमा सम्पन्न वेबकूपाको वार्षिक सभा अवधि ठूलो झगड़ा भएको थियो। यस अवधि प्रदेशका शिक्षामन्त्री ब्रात्य बसुको वाहनमा तोड़फोड़ गरियो जसमा उनी घाइते भए। यस घटनामा दुईजना वामपन्थी विद्यार्थीहरू पनि घाइते भएका छन्। त्यसपछिदेखि विश्वविद्यालयको पढ़ाई पूर्ण रूपले ठप्प भएको छ भने स्थिति तनाउपूर्ण छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा