कोलकाता, 5 मार्च (हि.स.)। जादवपुर विश्वविद्यालय फेरि एकपटक विद्यार्थीहरूको आन्दोलनले गुञ्जिएको छ। गए मंगलवार रातीदेखि शुरू भएको विद्यार्थीहरूको अनिश्चितकालीन धरना बुधवार बिहानस्म जारी रह्यो। वामपन्थी छात्र संगठनहरू लगायत डीएसएफको नेतृत्वमा प्रदर्शन गरिरहेका विद्यार्थीहरूले कुलपति भास्कर गुप्तासित बुधवार साँझ 4 बजेसम्ममा भेट गरी वार्ता गर्ने माग गरिरहेका छन्। विद्यार्थीहरूले चेताउनी दिएका छन्, यदि तय समय-सीमाभित्र कुलपतिले क्याम्पसमा आएर बातचित नगरे उनीहरूले ठूलो आन्दोलको बाटोलाई रोज्नेछन्।
तथापि कुलपति भास्कर गुप्ताले विद्यार्थीहरूको यस अल्टिमेटमको जवाफमा भनेका छन्, उनलाई गए मंगलवार रातीसम्म कुनै पनि छात्रले वार्ताको लागि औपचारिक अनुरोध गरेका छैनन्। उनले बताए, सोमवार एउटा ई-मेल आएको थियो जसको भाषालाई उनले ‘छात्रसुलभ’ मानेनन्। कुलपतिले भने, म सदैव विद्यार्थीहरूसित बातचित गर्नका लागि तयार छु, तर शिष्ट व्यवहार हुन आवश्यक छ। म अस्पतालमा घाइते विद्यार्थीहरूसित भेट गर्न जाँदा उनीहरूले मसित जुन किसिमको व्यवहार गरे, त्यसको उल्लेख कसैले गरेनन्। वार्ताको लागि माहोल विद्यार्थीहरूले नै बनाउनुपर्छ।
यसमाथि एसएफआई नेता शुभदीप बन्द्योपाध्यायले प्रत्याक्रमण गर्दै भने, यदि हाम्रो व्यवहारलाई छात्रसुलभ भन्न सकिँदैन भने कुलपतिको व्यवहार पनि कुलपति जस्तो छैन। उनले उपयुक्त व्यवहार गरे हामी पनि त्यस्तै गर्नेछौं। विद्यार्थीहरूको दाबी छ, धेरैपटक ई-मेल र फोन कल गरेर सम्पर्क गर्ने प्रयास गरियो, तर कुलपतिले कुनै जवाफ दिएनन्।
विद्यार्थीहरूले सोमवार र मंगलवार भएको जनरल बडी बैठपछि कुलपति समक्ष केही मागहरू राखेका छन्। यीमध्ये घाइते विद्यार्थीहरूक सम्पूर्ण उपचार खर्च विश्वविद्यालयद्वारा नै वहन गर्नुपर्ने, जुन विद्यार्थीविरूद्ध पुलिसमा सिकायत दर्ता गरिएको छ, त्यसलाई सरकारसित बातचित गरेर फिर्ता लिने तथा घटनाको लागि राज्यका शिक्षामन्त्री ब्रात्य बसुमाथि हत्या गर्ने प्रयासको मुद्दा दर्ता गर्ने व्यवस्था गर्नु सामेल छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा