जादवपुरः कुलपतिले बुधवार साँझ 4 बजेसम्म विद्यार्थीहरूसित वार्ता गरून्, नत्र ठूलो आन्दोलन गर्ने चेताउनी
जादवपुरः कुलपतिले बुधवार साँझ 4 बजेसम्म विद्यार्थीहरूसित वार्ता गरून्, नत्र ठूलो आन्दोलन गर्ने चेताउनी


कोलकाता, 5 मार्च (हि.स.)। जादवपुर विश्वविद्यालयमा सम्पन्न वेबकूपाको वार्षिक सभा अवधि भएको हिंसापछि स्थिति लगातार तनाउपूर्ण भइरहेको छ। घटना घटेको तीन दिन बितिसक्दा पनि कुलपति भास्कर गुप्ता अहिलेसम्म विश्वविद्यालय परिसरमा पुगेका छैनन्।

यसलाई लिएर आन्दोलन गरिरहेको वामपन्थी तथा अतिवामपन्थी संगठनहरूसित सम्बन्धित विद्यार्थीहरूले कुलपतिलाई अल्टिमेटम दिँदै भनेका छन्, बुधवार साँझ 4 बजेसम्ममा वार्ता गर्नको लागि उनी आउनुपर्छ, अन्यथा ठूलो आन्दोलनको मार्गलाई अप्नाइनेछ। यी विद्यार्थीहरूले गत शनिवार शिक्षा मन्त्री ब्रात्य बसु विश्वविद्यालय पु्ग्दा हिंसा गरेका थिए साथै राती विश्वविद्यालयमा आगो पनि लगाएका थिए।

पछिल्लो शनिवार विश्वविद्यालयमा आयोजित वेबकूपाको वार्षिक सभा अवधि माहोल अचानक बिग्रिएको थियो। यसावधि शिक्षामन्त्री ब्रात्य बसुको कारमा आक्रमण भयो जसमा उनी घाइते भए। साथै दुई वामपन्थी छात्र नेता पनि यस झड़पमा घाइते भएका थिए। यस घटनाको प्रभाव राज्यभरिका विश्वविद्यालय एवं कलेजहरूसम्म महसूस गरियो।

घटनापछि कुलपति भास्कर गुप्ता अनलाइन बैठकमा सामेल भए पनि अहिलेसम्म क्याम्पसमा फर्किएका छैनन्। विद्यार्थीहरूको आरोप छ, घटना घट्दा कुलपति पनि उपस्थित थिए, त्यसैले उनको पनि नैतिक जिम्मेवारी बन्दछ। आन्दोलनकारीहरूले माग राखेका छन्, कुलपतिले तत्काल निष्पक्ष जाँचको आदेश दिउन् अनि दोषीहरूविरूद्ध कड़ा कारबाही सुनिश्चित गरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande