जयशंकरले लन्दनमा कीर स्टार्मरलाई भेटे, द्विपक्षीय सम्बन्धहरू र आर्थिक सहयोग बढ़ाउनमाथि चर्चा
जय


लन्दन, 05 मार्च (हि.स.)। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले मंगलवार अबेर साझँ यहाँ ब्रिटेनका प्रधानमन्त्री कीर स्टार्मरलाई भेटे। यस अवधि उनले भारतका प्रधामन्त्री नरेन्द्र मोदीको तर्फबाट उनलाई शुभकामना दिए। दुवै नेताबीच यो भेट 10 डाउनिङ स्ट्रीटमा भयो। जयशंकरले यस भेटको विवरण र केही फोटोहरू आफ्नो एक्स ह्याण्लमा साझा गरेका छन्।

जयशंकरले भनेका छन्, ब्रिटेनका प्रधानमन्त्री स्टार्मरको साथ उनको भेटवार्तामा द्विपक्षीय सहयोग बाहेक रूस-यूक्रेन संघर्षमाथि ब्रिटेनको दृष्टिकोण सम्बन्धी मुद्दाहरू रहे। उनले भेटमा भएका चर्चाको सन्दर्भमा एक्समा लेखेका छन्, हाम्रो द्विपक्षीय, आर्थिक सहयोगलाई अगाड़ी बढ़ाउने र मानिसहरूबीच आदान-प्रदान बढ़ाउनमाथि चर्चा गरियो। प्रधानमन्त्री स्टार्मरले यूक्रेन संघर्षमा ब्रिटेनको दृष्टिकोण पनि साझा गरे।

विदेशमन्त्री जयशंकरले आफ्नो छह दिवसीय ब्रिटेन र आयरल्याण्डको आधिकारिक यात्राको पहिलो दिन लन्दनमा धेरै मन्त्रीहरूलाई पनि भेटे। उनले ब्रिटेनको व्यापार एवं वाणिज्य मन्त्री जोनाथन रेनोल्ड्स र गृहमन्त्री यवेट कूपरको साथ पनि भेटवार्ता गरे। उनी र यवेट कूपरले भेटमा ट्राफिकिङ, आतङ्कवाद र अन्य सुरक्षा चुनौतीहरूको सामना गर्न सहयोगका साथै सांस्कृतिक एवं शैक्षिक आदान-प्रदानमाथि चर्चा गरे। यसपछि उनलाई आफ्ना समकक्ष डेविड लैमीलाई भेटे। जय़शंकरले शेवेनिङ हाउसमा सौहार्दपूर्ण स्वागतको निम्ति उनको आभार व्यक्त गरे। लैमीको साथ भारतको शेवेनिङ स्कलर्ससित भेटेर धेरै राम्रो लाग्यो, जयशंकरले भने।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande