सेवानिवृत्त कर्मचारीहरूको निम्ति बिदाई कार्यक्रम आयोजित
सेवानिवृत्त कर्मचारीहरूको निम्ति बिदाई कार्यक्रम आयोजित


खरसाङ, 05 मार्च (हि.स.)। खरसाङ खाद्य एवं सर्वराह विभागका कर्मचारीहरू राजेन राई, महेश सिटोङ र इन्दिरा गुरुङ सेवानिवृत्त बनेका छन्। विभागका यी सेवानिवृत्त कर्मचारीहरूको सम्मानमा आज विभागको कार्यालयमा विदाई समारोह सम्पन्न गरियो। समारोहको अध्यक्षता विभागका कन्ट्रोलर सामल मुखर्जीले गरेका थिए।

सेवानिवृत्त कर्मचारीहरू राजेन राई, महेश सिटोङ र इन्दिरा गुरुङलाई उनीहरुले दिएको योगदान र जनतालाई गरेको सेवाकाे प्रशंसा गर्दै खदार्पणसहित स्मृति पत्र र उपहार प्रदान गरियो। यस अवसरमा दार्जिलिङका कन्ट्रोलर, सीआई जोगेस गिरी, सम्पूर्ण कर्मचारी अनि भूतपूर्व कन्ट्रोलर धुर्व्र बराईली, कर्मचारी अर्जुन तामाङ उपस्थित थिए।

सेवानिवृत्त कर्मचारीहरूले यतिका वर्षसम्म काम गरेपछि आज कार्यालय छोड्नु पर्दा धेरै दु:ख अनुभव भइरहेको बताए। उनीहरूले आ-आफ्ना अनुभवहरु साझा गरेका थिए। कार्यक्रममा गिता छेत्री र ओङ्मु लामाले गीत प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande