ममता ब्यनर्जीविरूद्ध राज्यपालद्वारा दर्ता मानहानि मामिलामा वकिल फेरियो, अब कल्याण ब्यनर्जीले लड़्नेछन् मुद्दा
ममता ब्यनर्जीविरूद्ध राज्यपालद्वारा दर्ता मानहानि मामिलामा वकिल फेरियो, अब कल्याण ब्यनर्जीले लड़्नेछन् मुद्दा


कोलकाता, 05 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीविरूद्ध राज्यपाल सीवी आनन्द बोसद्वारा दर्ता मानहानि मामिलामा अब कानूनी टीममा फेरबदल गरिएको छ। यस मामिलामा ममता ब्यनर्जीको पक्षबाट अब वरिष्ठ वकिल तथा तृणमूल सांसद कल्याण ब्यनर्जीले वकालत गर्नेछन्।

यसपूर्व यस मुद्दाको जिम्मेवारी अधिवक्ता सञ्जय बसुसित थियो। बुधवार कलकत्ता हाई कोर्टमा न्यायमूर्ति टीएस शिवगणनमको पीठ समक्ष फक्स एण्ड मण्डल सोलिसिटर फर्मले सो जानकारी गरायो। यस अवधि कल्याण ब्यनर्जी स्वयं अदालतमा उपस्थित थिए। तथापि यस दिन सुनवाई हुन सकेन। अब अघिल्लो तारिक पछि तय गरिनेछ।

यो सम्पूर्ण विवाद पछिल्लो वर्ष विधानसभा उप-चुनाउमा जीत दर्ता गर्ने दुईजना तृणमूल विधायकहरूको शपथ ग्रहणसित सम्बन्धित छ। बरानगरबाट सायन्तिका ब्यनर्जी र भगवानगोलाबाट रियात हुसैन सरकार विधायक भएका थिए। यिनीहरूको शपथलाई लिएर राज्य सरकार अनि राज्यपालबीच तनाउ शुरू भएको थियो।

राज्यपाल सीवी आनन्द बोसको भनाइ थियो, दुवै विधायकले राजभवनमा आएर शपथ लिनुपर्छ जबकि विधायकहरू विधानसभामा आएर राज्यपालले शपथ दिलाउन् भन्ने चाहन्थे। यसावधि राज्यपालले ममता ब्यनर्जी सहित चारजनाविरूद्ध मानहानिको मुद्दा दर्ता गराएका थिए। अहिलेसम्म यसको मुद्दाको वकालत सञ्जय बसुले गरिरहेका थिए भने अब मुख्यमन्त्रीले वकिल परिवर्तन गर्ने फसेला लिएकी छन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande