गान्तोक, 05 मार्च (हि.स.)। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज दिल्लीमा एनएचआईडीसीएलका कार्यकारी निर्देशक रितेन कुमार सिंहसॅंग भेट गरेर सेवकदेखि रम्फूम्मको राष्ट्रिय राजमार्ग 10 को मर्मतसम्भारको बारेमा छलफल गरे।
उनले बर्खाको मौसम शुरू हुन लागेको र सिक्किमको लागि सहज सम्पर्क सुनिश्चित गर्नु एक प्रमुख चुनौती बनेको बताए। उनले अब एनएचआईडीसीएलले राजमार्गको मर्मतसम्भारको जिम्मा लिइसकेको छ भन्दै सिक्किमका जनताले एजेन्सीबाट उच्च अपेक्षा गरेको अवगत गराए।
सांसद सुब्बाले दीर्घकालीन सम्पर्कको लागि टिस्टा भ्यालीको अर्को छेउमा वैकल्पिक राजमार्गको बारेमा विचार गर्नुको महत्त्वमा जोड दिए। यसअघि, उनले सड़क परिवहन एवं राजमार्ग मन्त्रालयका मुख्य अभियन्ता आदित्य प्रकाशसॅंग भेट गरेर एनएच10 को मर्मतसम्भारको बारेमा विस्तृत छलफल गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल