गान्तोक, 05 मार्च (हि.स.)। राजधानीको मानबिर कलोनीमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। चोरीको आरोप छिमेकीमाथि लागेको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, 4 मार्चका दिन मानबिर कलोनी निवासी एक 70 वर्षीय वृद्धले घरमा चोरी भएको शिकायत सदर थानामा गराए। पीडित व्यक्तिले दुई छिमेकीमाथि चोरीको आरोप लगाएका छन्। वृद्धले उनको घरको गोडरेजमा राखेको 60 हजार रूपियॉं चोरी गरेको आरोप लगाएका छन्।
वृद्धले दाबी गरे अनुसार, 9 फरवरी, 2025 का दिन आरोपीहरूले पैसा चोरी गरेको थाहा पाएको र उनीहरूले आफ्नो अपराधी स्वीकार पनि गरेका थिए। यसपछि, उनीहरूले मासिक रूपमा पैसा फर्काइदिने आश्वासन दिएका थिए। तर, आरोपीहरूले पैसा फर्काएका छैनन् भने फोनको जवाफ पनि दिएका छैनन्।
पुलिसले आरोपीहरू विरुद्ध बीएनएस 2023 को धारा 331(4)/305(ए)/112(2) अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल