पुलिस एवं कानून प्रवर्तन एजेन्सीहरूमा महिलाहरूको प्रतिनिधित्व बढ़ाउनको लागि सरकारले कदम उठाइरहेको छः उपमुख्यमन्त्री
पुलिस एवं कानून प्रवर्तन एजेन्सीहरूमा महिलाहरूको प्रतिनिधित्व बढ़ाउनको लागि सरकारले कदम उठाइरहेको छः उपमुख्यमन्त्री


शिलङ, 5 मार्च (हि.स.)। राज्यका गृह मन्त्री एवं उपमुख्यमन्त्री प्रेस्टन टिंगसनले भने, मेघालय पुलिस विभाग तथा राज्य कानून प्रवर्तन एजेन्सीमा महिलाहरूको प्रतिनिधित्वलाई बढ़ाउनको लागि राज्य सरकारले लगातार कदम उठाइरहेको छ।

उपमुख्यमन्त्री प्रेस्टन टिंगसन बुवधार विधानसभामा बजेट सत्रमा बोलिरहेका थिए। आज मेघालय विधानसभाको बजेट सत्र कानून प्रवर्तन एजेन्सीहरूमा महिलाहरूको प्रतिनिधित्व बढ़ाउने मुद्दामाथि केन्द्रित रह्यो। सदनमा विधायक मिजानुर काजीको प्रश्नको जवाफमा उपमुख्यमन्त्री प्रिस्टोनले भने, भइरहेको भर्ती प्रक्रियापछि राजाबाला पुलिस स्टेशनमा एकजना महिला पुलिस सब-इन्स्पेक्टर नियुक्ति गर्ने व्यवस्था गरिनेछ। हाल त्यहाँ दुईजना महिला पुलिस कन्स्टेबल (हतियारहीन)-ले पुलिस स्टेशनको मामिलालाई सम्हालिरहेका छन् अनि आवश्यकता परे उनीहरूलाई निकटवर्ती पुलिस स्टेशनहरूबाट सहायता प्राप्त हुन्छ।

उपमुख्यमन्त्रीले कानून प्रवर्तन एजेन्सीहरूमा महिलाहरूको प्रतिनिधित्वलाई बढ़ाउनेप्रति आफ्नो प्रतिबद्धतामाथि बल दिए। उनले भने, यो पहल मेघालयमा अधिक समावेशी पुलिसिंग वातावरण बनाउने ठूलो प्रयासको एक भाग हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande