सिलगढ़ी, 05 मार्च (हि.स.)। भक्तिनगर थानाको पुलिसले घरेलु ग्यास सिलेण्डरहरूबाट अवैध रूपमा ग्यास रिफिलिंग गर्नेहरूविरूद्ध ठूलो कारबाही गरेको छ। सिलगढ़ीको वार्ड नम्बर- 39 स्थित हैदरपाड़ा क्षेत्रको एउटा घरमा बुधवार अपरान्ह अभियान संचालन गरी 29 वटा ग्यास सिलेण्डर जफ्त गरिएको छ भने एकजना आरोपीलाई पक्राउ गरिेको छ। आरोपीको नाम कृष्ण सरकार हो। आरोप छ, आरोपीले लामो समयदेखिकै अवैध रूपमा ग्यास सिलेण्डर रिफिलिंगको काम गर्दै आइरहेको थियो।
सूत्र अनुसार ग्यास सिलेण्डर रिफिलिंगको खबर पाएपछि भक्तिनगर थानाको पुलिसले घरमा छापा माऱ्यो। यस अवधि अवैध रूपमा ग्यास सिलेण्डर रिफिलिंग गरेको आरोपमा कृष्ण सरकारलाई पक्राउ गरियो। घरबाट 29 वटा साना-ठूला ग्यास सिलेण्डर जफ्त गरियो। भक्तिनगर थानाको पुलिस अग्रिम जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा