सड़क दुर्घटनामा छात्राको मृत्यु
सड़क दुर्घटनामा छात्राको मृत्यु


सिलगढ़ी, 05 मार्च (हि. स.)। स्कूल छुट्टी भएर घर फर्किँदा सड़क दुर्घटनामा परी एकजना छात्राको मृत्यु भयो। घटना बुधवार अपरान्ह फाँसीदेवाको घोषपुकुर-खोड़ीबारी राज्य सड़कमा भएको हो। छात्राको नाम ज्याकलिन हो जो सेन्ट जोसेफमा कक्षा चारकी छात्रा थिई। घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार छात्राले घर जानको लागि सड़क पार गरिरहेकी थिई। सोही समय एउटा द्रूत गतिको सब्जी लादिएको लरीले छात्रालाई ठक्कर दियो जसकारण छात्राको घटनास्थलमै मृत्यु भयो। पछि लरीलाई पछ्याएर रोकियो। तर त्यसबेलासम्ममा चालक भागिसकेको थियो। घटनाको सूचना फाँसीदेवा थानाको पुलिसलाई दिइयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस लरीलाई जफ्त गऱ्यो। शवलाई उद्धार गरी पोस्टमर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। पुलिस चालकको खोजीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande