चालान बिनै ढुङ्गा, बालुवा एवं माटो आपूर्ति गर्ने चारवटा डम्फर जफ्त
चालान बिनै ढुङ्गा, बालुवा एवं माटो आपूर्ति गर्ने चारवटा डम्फर जफ्त


ग्वालपारा (असम), 05 मार्च (हि.स.)। ग्वालपारा जिल्लाको कृष्णाईमा बिना चालानको ढुङ्गा, बालुवा एवं माटो आपूर्ति गर्ने डम्परहरूविरूद्ध वन विभागको अभियान द्रूत गतिमा अघि बढ़िरहेको छ। यसै क्रममा कृष्णाई केन्द्रिय क्षेत्रीय वन विभागका अधिकारीहरूले छापा मारेर चारवटा डम्परलाई जफ्त गरे जसले चालानबिनै अवैध रूपमा सेतो माटो र ढुङ्गा लगिरहेको थियो।

वन अधिकारीहरूले आज बताएका छन्, अवैध रूपमा ढुङ्गा लिएर गइरहेका दुईवटा डम्पर (डब्ल्यूडी-85-2129 औ एएस-18एसी-7731) ग्वालपारा दिशादेखि दुनोई तर्फ गइरहेका थिए जसलाई वन विभागले जफ्त गऱ्यो। दुुवै डम्परले चालान बिना ढुङ्गा लिएर गइरहेका थिेए।

अर्कोतिर वन विभागद्वारा थप दुईवटा डम्परलाई जफ्त गरिएको छ। दुवै डम्पर (एएस-19एसी-2583 र एएस-14सी-9495)-ले एक्सपायर चालानको माध्यमबाट सेतो माटो लिएर गइरहेका थिए।

वन विभागीय सूत्रको भनाइ छ, सरकारी कर भुक्तान नगरी केही अवैध व्यवसायीहरूले राष्ट्रिय राजमार्गमा अनैतिक रूपमा ढुङ्गा र सेतो माटो आपूर्ति गर्ने धन्दा गरिरहेका छन्। वन विभागले छापाा मारेर चारवटा डम्परलाई जफ्त गर्नको साथै सरकारी नियमहरू अनुसार जरीमाना लगाउने कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande