ठकुरी नर्सरीले जित्यो सिक्किममा चारवटा पुरस्कार
ठकुरी नर्सरीले जित्यो सिक्किममा चारवटा पुरस्कार


सोनादा, 05 मार्च (हि.स.)। सोनादा क्षेत्रको ठकुरी नर्सरीका रजत ठकुरी सिक्किममा चारवटा पुरस्कार जित्न सफल बनेका छन्। सिक्किमको पाकिमस्थित राष्ट्रिय अर्किड अनुसन्धान केन्द्रमा आयोजित भारतीय अर्किड महोत्सव 2025 मा ठकुरी नर्सरीका रजत ठकुरीले उक्त पुरस्कार जितेका हुन्।

भारतीय अर्किड महोत्सव 2025 मा रजत ठकुरी क्विन अफ् द शो, सिङ्गल पोटमा अर्किड इस्पाईसी वर्गमा प्रथम बनेका थिए। त्यसरी नै सिजनल फ्लावर वर्गमा उनी दोस्रो भए। यस अतिरिक्त, फर्न वर्गमा उनले तेस्रो स्थान प्राप्त गरेका छन्।

कार्यक्रममा सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू, आईसीएआरका अधिकारीहरू र देशका विभिन्न राज्यहरूबाट आएका वैज्ञानिकहरुको उपस्थितिमा आईसीएआर एनआरसीओका निर्देशक डा. एसपी दासको बाहुलीद्वारा ठकुरीलाई पुरस्कृत गरियो।

ठकुरी नर्सरी दार्जिलिङ जिल्ला अन्तर्गत सोनादा क्षेत्रको ओक्स चियाबारीको भुट्टाखेतीमा स्थित छ। रजत ठकुरीले लामो समयदेखि फूलखेती गर्दै आइरहेका छन्। उनले योभन्दा पहिला पनि अर्किडमा‌ विभिन्न पुरस्कारहरु जितिसकेका छन्।‌ उनले पहाडमा फूलखेतीमा राम्रो अवसर रहेको प्रमाणित गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande