असम पुलिस सब-इन्स्पेक्टर भर्ती परीक्षाको परिणाम घोषित
असम पुलिस सब-इन्स्पेक्टर भर्ती परीक्षाको परिणाम घोषित


गुवाहाटी, 06 मार्च (हि.स.)। असम पुलिस सब-इन्स्पेक्टर पदको ‘संयुक्त लिखित परीक्षा- 2025’ (कम्बाइऩ्ड रिटर्न टेस्ट- 2025)-को परिणाम घोषणा गरिएको छ। यस परीक्षाको आयोजन गत 5 जनवरी, 2025-मा ‘स्टेट लेभल पुलिस रिक्रुटमेन्ट बोर्ड’ (एसएलपीआरबी)- द्वारा 203 रिक्त पदहरूको लागि गरिएको थियो। बिहीवार बिहान 11 बजे परीक्षाको परिणाम एसएलपीआरबीको आधिकारिक वेबसाइट www.slprbassam.in- मा जारी गरियो।

यी 203 पदहरूमा असम पुलिसको 144 पद सब-इन्स्पेक्टर (निःशस्त्र), सात पद असम पुलिस (कम्युनिकेशन)- को लागि, 51 पद असम कमाण्डो बटालियनको लागि एक पद सिभिल डिफेन्सको असिस्टेन्ट डिप्टी कन्ट्रोलर (जूनियर)- को लागि निर्धारित छ। लिखित परीक्षा उत्तीर्ण उम्मेद्वारहरूले अब शारीरिक मानदण्ड परीक्षण (पीएसटी) औ शारीरिक दक्षता परीक्षा (पीईटी) दिनुपर्छ जुन आगामी 17 मार्चदेखि गुवाहाटीस्थित चौथो असम पुलिस बटालियन परिसरमा आयोजना गरिनेछ।

एसएलपीआरबीद्वारा जारी कार्यक्रम अनुसार 17 मार्चको बिहान 7:00 बजेदेखि असम पुलिस एसआई औ एपीआरओ एसआई (महिला उम्मेद्वारहरूको लागि) पीईटी हुनेछ भने 18 मार्चको बिहान 7:00 बजेदेखि असम कमाण्डो बटालियन एसआई (महिला उम्मेद्वारहरूको लागि), 19-20 मार्चको बिहान 7:00 बजेदेखि असम पुलिस एसआई (यूबी) औ एपीआरओ एसआई (कम्युनिकेशन) (पुरुष उम्मेद्वारहरूको लागि) तथा 21 मार्चको बिहान 7:00 बजेदेखि असम कमाण्डो बटालियन एसआई (पुरुष उम्मेद्वारहरूको लागि) पीईटी हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande