सिलगढ़ी, 06 मार्च (हि. स.)। एनजेपी थाना अन्तर्गत रामनगर मजदूर बस्तीस्थित बजरंगबली मन्दिरमा चोरी भएको घटना बिहीवार सामु आएको छ। चोरहरूले गए बुधवार राति मन्दिरमा चोरी गरे साथै दान-पात्र र साउण्ड सिस्टम सम्मलाई छोड़ेनन्।
भनिन्छ, बिहीवार बिहान मन्दिर प्रबन्धनले मन्दिर खोलेर हेर्दा दान-पात्र र साउण्ड सिस्टम ठाउँमा देखेनन्। जाँच गर्दा थाहा लाग्यो कि सुन र चाँदीको गहना पनि मन्दिरबाट हराइसकेको थियो। त्यसपछि मन्दिर प्रबन्धनको पक्षबाट घटनाको सूचना एनजेपी थानाको पुलिसलाई दिइयो। घटनास्थलमा पुगेर पुलिसले सम्पूर्ण मामिलाको जाँच गऱ्यो। हाल पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा