सोनादा, 6 मार्च (हि.स.)। सोनादाको चन्द्रमानधुरा अवस्थित बान्तावा नर्सरीका सुजय राई सिक्किममा पहिलो पुरस्कार जित्न सफल बनेका छन्। राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र, पाकिमद्वारा आयोजित भारतीय अर्किड महोत्सव 2025 मा वान्तावा नर्सरीका सुजय राईले पहिलो पुरस्कार जितेका छन्।
उक्त भारतीय अर्किड महोत्सव 2025 मा सुजय राईको दशवटा पट प्रदर्शनीमा राखिएको थियो भने सिम्बेडियम हाईब्रिड अर्किडले प्रथम स्थान प्राप्त गरेको छ। त्यसरी नै सिजनल फ्लावर वर्गमा 20 वटा पटमा दोस्रो स्थान हासिल गरे।
सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू र आईसीएआरका विभिन्न शाखाहरूका वैज्ञानिकहरुको उपस्थितिमा आईसीएआर एनआरसीओका निर्देशक डा एसपी दासले पुरस्कार प्रदान गरे।
बान्तावा नर्सरी दार्जिलिङ जिल्ला अन्तर्गत सोनादा क्षेत्रको रंगमुक चियाबारी अन्तर्गत चन्द्रमानधुरामा अवस्थित छ। सुजय राईले विभिन्न स्थानहरुमा फूलखेती अन्तर्गत अर्किड फूलको प्रदर्शनीमा धेरैवटा पुरस्कारहरु जितिसकेका छन्।
उनले अर्किड प्रदर्शनीमा कोलकोता, सिलगढी, सिक्किम, दार्जिलिङ लगायत विभिन्न स्थानहरुमा पुरस्कारहरु नै जितिसकेका छन्। गत वर्ष पनि उनले अर्किड प्रदर्शनीमा सिक्किममा प्रथम पुरस्कार नै जितेका थिए।
---------------
हिन्दुस्थान समाचार / हनोक