बंगाल स्कूल नोकरी घोटालाः पार्थ च्यटर्जीलाई सिफारिस पठाउने प्रभावशाली मानिसहरूसित जाँचबुझ गर्नेछ सीबीआई
बंगाल स्कूल नोकरी घोटालाः पार्थ च्यटर्जीलाई सिफारिस पठाउने प्रभावशाली मानिसहरूसित जाँचबुझ गर्नेछ सीबीआई


कोलकाता, 06 मार्च (हि. स.)। पश्चिम बंगालको बहुचर्चित स्कूल नोकरी घोटालाको जाँच गरिरहेको सीबीआईले अब ती प्रभावशाली मानिसहरूसित जाँचबुझ गरिरहेको छ जसले अयोग्य उम्मेद्वारहरूको नाम सोझै राज्यका पूर्व शिक्षामन्त्री पार्थ च्टयर्जीलाई सिफारिसको रूपमा पठाएका थिए।

सूत्र अनुसार सीबीआईको हातमा पुख्ता प्रमाण परेको छ जसबाट यो स्पष्ट भएको छ, केही प्रभावशाली व्यक्तिहरूले पैसा लिएर स्कूल नोकरीको लागि अयोग्य उम्मेद्वारहरूको सिफारिस पार्थ च्यटर्जीसम्म पुऱ्याएका थिए।

सीबीआईसित यस्ता 132 जना मानिसहरूको सूची छ जसले अलग-अलग स्तरमा नोकरीको सिफारिस गरेका थिए। तथापि जाँच एजेन्सीले अब ती मानिसहरूको मात्र शर्टलिस्ट गरिरहेको जसको सोझै पहुँच पार्थ च्यटर्जीसम्म थियो जसले सोझै रूपमा साफारिस पठाएका थिए।

भनिन्छ, सिफारिस गर्ने मानिसहरूको पहिचान पार्थ च्यटर्जीसित भएको बातचित, लिखित सिफारिस पत्र, व्हाट्सएप तथा एसएमएस सन्देशहरूको माध्यमबाट गरिएको छ। तथापि सीबीआाईले हाल यी शर्टलिस्ट मानिसहरूको नाम सार्वजनिक गरेको छैन। एजेन्सी अनुसार यिनीहरूको गवाहीबाट पार्थ च्यटर्जीविरूद्ध मामिला अझ मजबुत गराउनमा सहयोग मिल्नेछ।

सूत्रको भनाइ यो पनि छ, पार्थ च्यटर्जीले व्यक्तिगत रूपमा पनि केही अयोग्य उम्ममेद्वारहरूको चयन गरेका थिए जसले नोकरीको लागि पैसा दिएका थिए। विशेष गरी प्राथमिक शिक्षकहरूको भर्तीमा यो गड़बड़ी अधिक देख्न पाइयो।

हालैमा सीबीआईले कलकत्ता हाई कोर्टमा एउटा रिपोर्ट सुम्पेको थियो जसमा ती उम्मेद्वारहरूको ब्यौरा दिइयो जसले लिखित परीक्षामा खाली उत्तर पत्र जमा गरेको भए पनि नोकरी हासिल गरे। यस रिपोर्टमा एजेन्सीले यो पनि बुझायो, अप्टिकल मार्क रिकग्निशन (ओएमआर) शीटमा कसरी छेड़छाड़ गरेर यस्ता उम्मेद्वारहरूलाई चयन गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande