नयाँ दिल्ली, 06 मार्च (हि.स.)। दिल्लीका व्यापार संगठनहरू एवं उद्यमीहरूले बिहीवार वित्त वर्ष 2025-26 को बजेटलाई लिएर मुख्यमन्त्री रेखा गुप्ता समक्ष आफ्नो सुझाउ राखे। मुख्यमन्त्रीले व्यापार जगतका चिन्ताहरूलाई गम्भीर रूपमा सुनेपछि आश्वासन दिइन्, उनीहरूको महत्वपूर्ण सुझाउहरूलाई बजेट नीति-निर्माण प्रक्रियामा सामेल गरिनेछ।
यस कार्यक्रमको संचालन कारोबारी संगठन कन्फेडरेशन अफ अल इण्डिया ट्रेडर्स (क्याट)- का राष्ट्रिय महामन्त्री एवं संसद सदस्य प्रवीण खण्डेलवालले गरे। खण्डेलवालले बैठकपछि एक बयानमा भने, दिल्लीमा विकसित दिल्ली कार्यक्रमको सफल आयोजन गरियो जसमा मुख्यमन्त्री रेखा गुप्ताले व्यावार तथा उद्योग जगतका प्रतिनिधिहरूसित प्रत्यक्ष बातचित गरिन्।
उनले भने, यस कार्यक्रममा दिल्लीका विभिन्न व्यापारिक संगठन तथा उद्यमीहरूले भाग लिए। उनीहरूले आगामी बजेटलाई लिएर आ-आफ्नो सुझाउ तथा अपेक्षाहरू मुख्यमन्त्री समक्ष राखे। मुख्यमन्त्रीले व्यापार जगतका चिन्ताहरूलाई गम्भीर रूपमा सुनिन् अनि आश्वासन दिइन्, उनीहरूको महत्वपूर्ण सुझाउहरूलाई बजेट नीति-निर्माण प्रक्रियामा सामेल गरिनेछ।
उनले मुख्यमन्त्रीको यस प्रयासको सराहना गर्दै भने, दिल्लीको विकासमा व्यापारीहरूको भूमिका अहम छ। हामीलाई खुशी लागिरहेको छ कि सरकारले व्यापारीहरूको आवश्यकता अनि चिन्तालाई प्राथमिकता दिरहेको छ। हामीलाई पूर्ण विश्वास छ कि प्रधानमन्त्री मोदी र मुख्यमन्त्री गुप्ताको नेतृत्वमा दिल्ली सही दिशामा विकास तर्फ बढ़िरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा