नयाँ दिल्ली, 6 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आफ्नो विधानसभा क्षेत्र शालीमार बागको शालीमार गाउँ चौक, म्याक्स रोड, हैदरपुर गाउँ चौक सहित अन्य क्षेत्रहरूमा पिउने पानी, सफाई औ सड़कहरूको स्थितिको गहन मूल्यांकन गर्नको लागि अधिकारीहरूसित बिहीवार यी क्षेत्रहरूको भ्रमण गरिन्। यस अवधि मु्ख्यमन्त्रीले स्थानीय नागरिकहरूसित उनीहरूको समस्यामाथि बातचित गरेपछि अधिकारीहरूलाई पानी, सड़क एवं फोहोरसित सम्बन्धित समस्याहरूको तत्काल समाधान सुनिश्चित गर्ने निर्देश दिइन्। उनले भनिन्, दिल्लीको भाजपा सरकारको उद्देश्य दिल्लीका हरेक नागरिकसम्म मूलभूत सुविधाहरू उचित रूपमा पुऱ्याउनु हो। यसको लागि भाजपा सरकार निरन्तर कार्यरत छ।
यस अतिरिक्त मुख्यमन्त्रीले गए बुधवार आफ्नो आवासमा स्थानीय मानिसहरूसित भेट गरिन्। यस अवधि उनले भनिन्, दिल्लीका हरेक व्यक्तिको स्नेह तथा आशिर्वाद मेरो सबैभन्दा ठूलो शक्ति हो। मानिसहरूसित भेट गरेर जुन आत्मीयता र विश्वास प्राप्त भयो, त्यही नै जनसेवाको मेरो प्रेरणा हो। तपाईहरूको समस्या समाधान गर्नु र तपाईहरूको सपनालाई साकार पार्नु नै मेरो प्राथमिकता हो। तपाईहरूले दिल्लीका अलग-अलग क्षेत्रहरूबाट जुन समस्या साझा गर्नु भएको छ त्यसलाई चाँड़ै नै समाधान गर्नका लागि म पूर्णतः प्रतिबद्ध छु। दिल्लीमा भाजपा सरकार बनेपछि मुख्यमन्त्रीले स्थानीय मानिसहरूसित निरन्तर भेट गरी समस्या समाधानको लागि अधिकारीहरूलाई निर्देश दिरहेकी छन्। मुख्यमन्त्रीले दिल्लीको बजेटलाई लिएर पनि विभिन्न वर्गहरूसित संवाद गरिरहेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा