नयाँ दिल्ली, 06 मार्च (हि.स.)। काँचो तेल (क्रुड ओयल)-को मूल्य घट्ने सिलसिला लगातार जारी छ। आज अन्तरराष्ट्रिय बजरमा काँचो झरेर छः महिनाको सबैभन्दा तल्लो स्तरमा पुगेको छ। ब्रेंट क्रुडले हाल 70 डलर प्रतिब्यारलको स्तरदेखि झरेर 69.47 डलर प्रतिब्यारलको स्तरमा कारबार गरिरहेको छ। यसरी नै डब्ल्यूटीआई क्रुडले पनि 67 डलरको स्तरदेखि तल झरेर 66.46 डलर प्रतिब्यारलको स्तरमा कारबार गरिरहेको छ। वास्तवमा ओपेक र यसका सहयोगी देशहरूद्वारा क्रुड ओयल (काँचो तेल)-को उत्पादनलाई बढ़ाउने संकेत दिइएपछि अन्तरराष्ट्रिय बजारमा क्रुडको मूल्यमाथि लगातार दबाव जारी छ।
उल्लेख्य, तेल उत्पादन गर्ने केही देशहरूले विरोध गरेको भए पनि ओपेक र यसका सहयोगी देशहरूबीच क्रुड ओयलको उत्पादनलाई बढ़ाउने सम्बन्धमा आम रूपमा सहमति कायम भएको छ। यी देशहरूले आगामी अप्रेल महिनादेखि क्रुड ओयलको उत्पादनलाई बढ़ाउन सक्नेछन्। अहिलेसम्मको प्राप्त जानकारी अनुसार रूस र सउदी अरबले क्रुड ओयलको उत्पादन प्रतिदिन 1.38 लाख ब्यारल बढ़ाउन सक्छ। यस अतिरिक्त भेनेजुएलाले पनि काँचो तेलको उत्पादनलाई प्रतिदिन 68 हजार ब्यारल वृद्धि गर्नक्ने कुरा गरेको छ। यसरी नै ओपेकका अन्य सदस्य देशहरूले पनि काँचो तेलको उत्पादनलाई बढ़ाउने अनुमान छ।
मार्केट एक्सपर्ट्सको भनाइ छ, ओपेक तथा यसका सहयोगी देशहरूले काँचो तेलको उत्पादन बढ़ायो भने काँचो तेल (क्रुड ओयल)-को मूल्य अझ घट्नसक्छ। भनिन्छ, भेनेजुएला, सउदी अरब औ रूस समेत अन्य सबै तेल उत्पादक देशहरूले समग्रमा यदि प्रतिदिन 2.25 लाख ब्यारल क्रुड ओयल अतिरिक्त उत्पादन गऱ्यो भने अन्तरराष्ट्रिय बजारमा क्रुडको मूल्य 55 डलर प्रतिब्यारलको स्तरसम्म पुग्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा