कथित अवैध निर्माणलाई केन्द्र गरेर पिपल्स फोर अनिश्चितकालीन धरनामा बस्ने
Darjeeling-chaurasta


दार्जिलिङ, 6 मार्च (हि.स.)। दार्जिलिङको चौरस्ता परिसरमा कथित अवैध निर्माणलाई केन्द्र गरेर पिपल्स फोरमले धरनामा बस्ने घोषणा गरेको छ। आगामी 18 मार्चदेखि शुरु गरिने उक्त अनिश्चितकालीन धरनाको अनुमतिको लागि पिपल्स फोरम उच्च न्यायालयसमेत पुग्ने प्रवीण गुरुङले बताएका छन्।

यसबारे पत्रकारहरुलाई सम्बोधन गर्दै गुरूङले एकातिर पहाडको सुन्दरता नष्ट गर्न नगरपालिका, जीटीए अनि जिल्ला प्रशासन नोटिस जारी भएर पनि तटस्थ बसेको आरोप लगाए भने चौरस्ताकि हकर्सहरुलाई ब्यारेक भवनको शिरानी तल्लामा पुनर्वास गराउन पर्ने विकल्प बताएका छन्।

यता 5 डेसिमल पट्टा र 30 प्रतिशत भूमि आवण्टनको प्रतिवाद गर्दै चियाबारीलाई केन्द्र गरेर अजय एडवर्डको विकास कार्यकलापमाथि पनि उनले प्रश्न उठाएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande