अधिसूचनाको विरोधमा दार्जिलिङमा पोस्टरिङ
Darjeeling-postering


दार्जिलिङ, 6 मार्च (हि.स.)। 30 प्रतिशत भूमि आवण्टन गरिने अधिसूचनाको विरोधमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जिलिङमा पोस्टरिङ गरेको छ। यस मुद्दालाई केन्द्र गरेर पहाडका विभिन्न खण्ड विकास कार्यालयहरूमा पनि ज्ञापन पत्र बुझाउने कार्य भइरहेको बताउँदै पार्टी कार्यकर्ता राप्गे राईले अधिसूचनाको विरोधमा दार्जीलिङ अनि कालेबुङका जिल्लापाललाई अघिबाटै ज्ञापन बुझाइसकेको जानकारी गराएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande