राहुल गान्धीविरूद्ध मानहानि मामिलाः सुनवाई भएन, अग्रिम सुनवाई 20 मार्चमा
राहुल गान्धीविरूद्ध मानहानि मामिलाः सुनवाई भएन, अग्रिम सुनवाई 20 मार्चमा


-राहुल गान्धी विरूद्ध वर्ष 2018-मा दर्ता गरिएको थियो मानहानिको मामिला

सुल्तानपुर, 6 मार्च (हि.स.)। नेता प्रतिपक्ष एवं रायबरेलीबाट सांसद राहुल गान्धीको मानहानि मामिलामा बिहीवार एमपी-एमएलएको विशेष कोर्टमा परिवादी तथा गवाह कोर्टमा अनुपस्थित रहेका कारण सुनावाई हुन सकेन। अब यस मामिलामा अग्रिम सुनवाई आगामी 20 मार्चमा हुनेछ।

स्मरण गराइन्छ, कोतवाली देहातको हनुमानगञ्ज निवासी भाजपा नेता विजय मिश्राले वर्ष 2018- मा राहुल गान्धीविरुद्ध मानहानिको मामिला एमपी- एमएलए कोर्टमा दर्ता गराएका थिए। आरोप लगाइएको थियो, वर्ष 2018-मा कर्णाटक चुनाउ अवधि राहुल गान्धीले अभद्र टिप्पणी गरेका थिए, जसबाट म आहत भएको छु। कोर्टमा पाँच वर्ष लामो प्रक्रिया चल्यो, राहुल गान्धी पेश नभएपछि दिसम्बर, 2023-मा तत्कालीन जजले वारण्ट जारी गरी उनलाई समन जारी गरेका थिए। त्यसपछि फरवरी, 2024-मा राहुल गान्धीले कोर्टमा सरेण्डर गरेका थिए। विशेष म्याजिस्ट्रेटको कोर्टले उनलाई 25-25 हजार रुपियाँको धरौटीमा जमानत दिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande