कुचबिहार, 06 मार्च (हि.स.)। विवाहको मागलाई लिएर एकजना गृहणीले आफ्नो सन्तानसितै प्रेमीको घर सामु धरनामा बसिन् जसले गर्दा निसीगञ्ज दुई नम्बर ग्राम पंचायत अधिनस्थ चन्नमदार गाउँमा बिहीवार बिहान खैलाबैला मच्चियो।
स्थानीय सूत्र अनुसार गृहणी स्थानीय निवासी हुन्। गृहणीको दाबी अनुसार युवकले उसित सात वर्षदेखिकै सम्पर्क राख्दै आइरहेको छ।युवकसित सम्पर्क राखेकै कारण पतिले गृहणीसित सम्पर्क विच्छेद गरेको छ जसले गर्दा तिनी विगत एक महिनादेखिको आफ्ना पिताको घरमा बस्दै आइरहेकी छन्।
गृहणीले भनिन्, प्रेमीले उसित विवाह गर्ने वाचा गरेको छ। तर प्रेमीको परिवारले उसको विवाह अन्यत्र गरिदिने प्रयास गरिरहेको छ। यो खबर सुनेपछि तिनी प्रेमीको घर सामु धरनामा बसेकी हुन्।
गृहणीको आरोप छ, प्रेमीको परिवारका सदस्यहरूले उमाथि कुटपिट पनि गरे, तर प्रेमी भागेको छ। अर्कोतिर प्रेमीकी आमाको आरोप छ, उक्त महिलाले उनीहरूको छोरालाई फसाउने चेष्टा गरिरहेकी छे। छोरासित महिलाको कुनै सम्बन्ध छैन। बिहीवार बिहान यो खबर फैलिनसाथ स्थानीय मानिसहरूको भीड़ एकत्र भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा