इटानगर, 06 मार्च (हि.स.)। अरुणाचल प्रदेश विधानसभाको बजेट सत्र बिहीवार राज्यपालको अभिभाषणसितै आरम्भ भयो। यस अवधि सदनमा शासनलाई सुदृढ़ बनाउने तथा प्रशासनिक तन्त्रलाई प्रभावकारी बनाउने उद्देश्यले चारवटा विधेयक पेश गरियो। यस पाँच दिवसीय बजेट सत्र 6-देखि 12 मार्चसम्म चल्नेछ।
उपमुख्यमन्त्री चौना मीन जो कर एवं उत्पाद शुल्क विभागका प्रभारी पनि हुन्,- ले अरुणाचल प्रदेश वस्तु एवं सेवा कर (संशोधन) विधेयक, 2025 पेश गरे। यो विधेयकले राज्यको वर्ष 2017- को जीएसटी अधिनियममा संशोधनको प्रस्ताव राख्दछ। यस अतिरिक्त योजना एवं निवेश मन्त्रीको रूपमा मीनले अरुणाचल प्रदेश अरुण परिवार प्राधिकरण विधेयक, 2025 सदनमा पेश गरे। यस विधेयकको उद्देश्य एक संगठित कानूनी ढाँचा तयार गर्नु हो जसबाट शासनमा पारदर्शिता तथा कल्याणकारी योजनाहरूको प्रभावकारी क्रियान्वयन सुनिश्चित हुन सकोस्।
भूमि प्रबन्धन मन्त्री बालो राजाले अरुणाचल प्रदेश सार्वजनिक परिसर (अनधिकृत कब्जाधारीहरूको बेदखली) विधेयक, 2025 पेश गरे। यो विधेयकलाई वर्ष 2003- को अधिनियममा संशोधन गरी सार्वजनिक सम्पत्तिबाट अवैध कब्जााई हटाउने प्रक्रियालाई अझ प्रभावकारी बनाउनको लागि ल्याइएको हो।
राज्यमा बाढ़सित सम्बन्धित मुद्दाहरूको समाधानको लागि जल संसाधन मन्त्री बियूराम वाहगेले अरुणाचल प्रदेश बाढ़ क्षेत्र नियमन विधेयक, 2025 सदनमा राखे। यो विधेयकलाई राज्यमा नदी बाढ़ क्षेत्रको नियमनसित सम्बन्धित नीतिहरूलाई सशक्त बनाउनको लागि प्रस्तावित गरिएको हो।
विधानसभा सत्र अवधि पूर्व मन्त्री मेदी राम डोडुमलाई श्रद्धाञ्जलि अर्पण गरियो जसको 01 सेप्टेम्बर, 2024-मा लामो बिमारीपछि निधन भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा