कोटा, 6 मार्च (हि.स.)। कोटा मेडिकल कलेजको एमबीबीएस फाइनल इयरका एकजना छात्रले आफ्नो होस्टेलको कोठाभित्र फाँसी लगाएर आत्महत्या गरे। मृतकको कोठाबाट एउटा सुसाइड नोट पुलिसले हात पारेको छ जसमा छात्रले लेखेका छन्, उसले आफ्ना-पिताको सपनालाई पूरा गर्न सकेन र यसको लागि माता-पिताबाट माफी चाहन्छ। यो घटना गए बुधवार राती लगभग 10 बजे भएको बताइएको छ।
महावीर नगर थाना एएसआई मोहनलालले बताए, मृतकको पहिचान सुनिल बैरवा (28) निवासी बस्सी, जयपुरको रूपमा भएको छ। सुनिल कोटा मेडिकल कलेजमा एमबीबीएस फाइनल इयरका छात्र थिए। बुधवार दिनभरि होस्टेल क्याम्पसमा नदेखेपछि साथीहरूले राती उसको कोठामा गएर हेरे जहाँ उसलाई गलफन्दामा झुण्डिरहेको साथीहरूले देखे।
घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गऱ्यो। त्यसपछि मृतकको परिवारलाई सूचित गरियो। पुलिसको भनाइ छ, परिवार आइपुगेपछि शवको पोस्टमर्टम गराइनेछ। घटनापछि कलेज क्याम्पसमा शोक व्याप्त भएको छ। पुलिसले मामिलाको विस्तृत जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा