मादक पदार्थ सहित नेपालका युवक पक्राउ
मादक पदार्थ सहित नेपालका युवक पक्राउ


सिलगढ़ी, 06 मार्च (हि. स.)। एसएसबीको 41औं बटालियनका जवानहरूले पानीट्यांकीको गौरसिंह जोत क्षेत्रमा छापा मारेर मादक पदार्थ सहित एकजना युवकलाई पक्राउ गरेका छन्। पक्रा पर्ने युुवकको पहिचान छिमेकी राष्ट्र नेपाल निवासी बिर्ख बहादुर सुनुवार हो।

पुलिस सूत्र अनुसार एसएसबीको 41औं बटालियनका जवानहरूले पानीट्यांकीको गौरसिंह जोत क्षेत्रमा छापा मारेर नेपालबाट मादक पदार्थ बेच्न आएका बिर्ख बहादुरलाई समाते। युवकको जाँच गर्दा 63 ग्राम मर्फिन सहित एउटा मोबाइल फोन भेटियो जसलाई जवानहरूले जफत गरे। उक्र मर्फिनको अनुमानित बजार मूल्य लगभग एक लाख रुपियाँ रहेको छ। युवकसित जाँचबुझ गरेपछि एसएसबीले खोरीबाड़ी थानालाई सुम्पिदिए। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande