रेलवेको जमीनमा संचालित निजी स्कूलमाथि लाग्यो ताला
रेलवेको जमीनमा संचालित निजी स्कूलमाथि लाग्यो ताला


हुगली, 06 मार्च (हि. स.)। जिल्लाको ब्याण्डेल रेलवे स्टेशन नजिकै अवस्थित एक निजी स्कूलमा बिहीवार ताला झुण्डाइएपछि अभिभावकहरूमा आक्रोश व्याप्त भएको छ।

स्थानीय सूत्र अनुसार यो निजी स्कूल चार दशकभन्दा अधिक समयदेखिकै संचालन हुँदै आइरहेको छ। अभिभावक अनि पूर्व विद्यार्थीहरूले आरोप लगाए, रेलवेले अचानक स्कूल बन्द गरियो। अब नानीहरू कहाँ जान्छन्? स्कूलका विद्यार्थीहरूको लागि वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्छ।

स्कूलका प्रधानाध्यापक सुबोध चन्द्र दासले भने, रेलवेले गत 25 तारिक नोटिस जारी गरेको थियो। हामी केही समय चाहन्थ्यौं। मैले डीआरएमसित पनि भेट गरेँ। यो स्कूल अचानक बन्द हुनाले विद्यार्थीहरूलाई समस्याको सामना गर्न परिरहेको छ। आरपीएफ र ब्याण्डेल चौकी पुलिसको सहयोगमा बन्द स्कूल सामु विरोध प्रदर्शन गरिरहेका पूर्व विद्यार्थी तथा अभिभावकहरूलाई हटाइयो।

रेलवे रसूत्र अनुसार रेलवेको जमीनमा अवैध अतिक्रमणलाई हटाइँदैछ। ब्याण्डेल स्टेशन र वरिपरीका क्षेत्रहरूमा परित्यक्त क्वार्टरहरूमा अवैध रूपमा बस्दै आइरहेका मानिसहरूलाई पनि नोटिस जारी गरिएको छ। वास्तवमा रेलवेले ब्याण्डेल जंक्शन स्टेशनको नवीनीकरणको कार्य शुरू गरेको छ।

पूर्वी रेलवेकी मुख्य जनसंपर्क अधिकारी दीप्तिमय दत्ताले बताइन्, अवैध रूपमा कब्जाइएको जमीनलाई कानूनी रूपमा खाली गराइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande