दुबईदेखि बंगलादेश हुँदै भारतमा सुन ल्याइरहेको थियो तस्करले, बीएसएफले असफल बनाइदियो
दुबईदेखि बंगलादेश हुँदै भारतमा सुन ल्याइरहेको थियो तस्करले, बीएसएफले असफल बनाइदियो


कोलकाता, 06 मार्च (हि. स.)। दक्षिण बंगाल सीमान्त अन्तर्गत आईसीपी पेट्रापोलमा तैनाथ बीएसएफको 145औं बटालियनका जवानहरूले एउटा ठूलो तस्करीको प्रयासलाई असफल बनाउँदै एकजना भारतीय युवकलाई सुनसितै पक्राउ गरेको छ। आरोपीबाट 564.460 ग्राम सुन जफत गरेको छ जसको बजार मूल्य लगभग 49 लाख 13 हजार 624 रुपियाँ रहेको छ।

बीएसएफ अधिकारीहरू अनुसार गए 5 मार्चमा गुप्त सूचना प्राप्त भएको थियो कि उत्तर 24 परगना जिल्लाको भारत-बंगलादेश सीमास्थित आईसीपी पेट्रापोलको माध्यमबाट सुन तस्करी गर्ने प्रयास गर्नसक्छ। यसै इनपुटको आधारमा जवानहरूले सीमामा निगरानी बढ़ाए।

जाँचमा बंगलादेशदेखि भारत आइरहेका यात्रीहरूमध्ये एकजना यात्रीको गतिविधि संदिग्ध देखियो। उसलाई रोकेर मेटल डिटेक्टरले जाँच गर्दा उसको शरीरमा धातु लुकाएर राखिएको संकेत पाइयो। जाँचबुझमा युवकले स्वीकार गऱ्यो, उसले आफ्नो मलद्वारमा बेलनाकारमा सुन लुकाएर राखेको छ। त्यसपछि अधिकारीहरूको उपस्थितिमा उसको शरीरबाट प्लास्टिकमा बेरिएको सुनको जफत गरियो।

जाँचबुझमा आरोपीले बताए, उ मुम्बई निवासी हो र पेशाले दुबईमा फ्याशन डिजाइनरको रूपमा काम गर्दछ। अधिक कमाउने लोभमा उसले दुबईबाट बंगलादेश हुँदै भारतमा सुन तस्करी गर्ने योजना बनाएको थियो। बीएसएफ जवानहरूको सतर्कताको कारणले उसको योजना सफल हुन सकेन। आरोपीलाई सुनसितै अग्रिम कानूनी कारबाहीको लागि सम्बन्धित एजेन्सीलाई सुम्पिइएको छ। यस मामिलामा अऩ्यको संलिप्तताको जाँच पनि गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande