मालदा, 06 मार्च (हि. स.)। पीड़ादायी सड़क दुर्घटनामा तीनजना मानिसहरूको ज्यान गएको छ भने एकजना गम्भीर रूपमा घाइते भएका छन्। घटना बिहीवार बिहान देवतला क्षेत्रको हियाखोर क्षेत्रमा भएको हो। मृतकहरूमा टोटो चालक अल्ताफ हुसैन (45), माछा विक्रेता ललित भुइमाली (70) औ नजिमुद्दीन शेख (55) सामेल छन् भने सब्जी व्यवसायी शमसुद्दीन शेख (75) गम्भीर रूपमा घाइते भएका छन्।
स्थानीय सूत्र अनुसार बिहान टोटो माछा अनि सब्जी लिएर देवतला गइरहेको थियो। यसै क्रममा गाजोलदेखि बालुरघाट तर्फ गइरहेको कारले उक्त टोटोलाई ठक्कर दियो जसले गर्दा टोटोमा सवार सबै सवारीहरू सड़कमा लड़े। तीव्र आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे। त्यसपछि गाजोल थानालाई सूचना दिइयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले सबै घाइतेहरूलाई गाजोल अस्पतालमा पुऱ्यायो जहाँ चिकित्सकहरूले तीनजनालाई मृत घोषित गरिदिए भने घाइतेको अवस्था गम्भीर रहेको कारण उसलाई मालदा मेडिकल कलेज एव अस्पतालमा रेफर गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा