अवैध गतिविधिमा लिप्त दुई आरोपी समातिए
अवैध गतिविधिमा लिप्त दुई आरोपी समातिए


गुवाहाटी, 6 मार्च (हि.स.)। प्रदेशको राजधानीमा पुलिसले दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। यिनीहरूमध्ये एकजना ड्रग तस्करी तथा अर्को सट्टेबाजीमा लिप्त थिए।

पुलिस मुख्यालयले बिहीवार बतायोए भगदत्तपुर चौकी पुलिसले क्षेत्रबाट एकजना अवैध तीर (एकप्रकारको जुवा) सट्टेबाजलाई पक्राउ गरेको छ जसको पहिचान दरंग वासी असद अली (48)- को रूपमा गरिएको छ। पुलिसले आरोपीबाट एउटा मोबाइल सेट, नगद राशि तथा अन्य आपत्तिजनक वस्तुहरू जफत गरेको छ।

यसरी नै अर्को घटनामा जालुकबारी पुलिस थानाको महिला टीमले लाचित पार्क नजिक छापा मारेर भूतनाथवासी समिर अलीलाई पक्राउ गरेको छ। समिरको कब्जाबाट 41 वटा शिशिहरूमा भरिेएको 54.48 ग्राम हेरोइन जफत गरेको छ। पुलिसले दुवैविरूद्ध कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande