मछुआराहरूलाई उपकरण वितरण
मछुआराहरूलाई उपकरण वितरण


अलिपुरद्वार, 06 मार्च (हि. स.)। मत्स्य पालन विभागद्वारा बिहीवार फालाकाटा ब्लकको कार्यालय परिसरमा मछुआरा तथा माछा पालकहरूलाई उपकरण वितरण गरियो। प्राप्त जानकारी अनुसार यस दिन 139 मछुआरा अनि माछा पालकहरूलाई माछासित सम्बन्धित उपकरणहरू सुम्पिइयो।

फालाकाटा ब्लक मत्स्य पालन अधिकारी माणिक सरकारले भने, फालाकाटा ब्लक मत्स्य पालन विभागको पहलमा मछुआराहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले उपकरणहरू वितरण गरियो। मछुआराहरूलाई चूना, माछाको भोजन तथा इन्सुलेटर बक्सा वितरण गरिएको अवगत गराउँदै उनले भने, राज्य सरकारको मत्स्य पालन विभागको यस पहलबाट मछुआरा अनि माछा पालकहरूको आजीविकामा सुविधा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande