अलिपुरद्वार, 06 मार्च (हि. स.)। रेलवेको अधिनमा काम गर्ने एक निजी कम्पनीका कर्मचारीको कुनकी हात्तीले कुल्चिएर मृत्यु भएको छ।मृत व्यक्तिको नाम सन्दीप चौधरी (55) हो भने तिनी उत्तर प्रदेशको नोएडा निवासी थिए साथै एकजना सेवानिवृत्त लेफ्टिनेन्ट कर्नल पनि।
वास्तवमा ट्रेनको ठक्करबाट हात्तीहरूलाई बचाउनका लागि नर्थ ईस्ट फ्रण्टियर रेलवेका महाप्रबन्धक चेतन कुमार श्रीवास्तव अलिपुर जंक्शनमा अत्याधुनिक अनुप्रवेशको पहिचान प्रणाली (आईडीएस)- को उद्घाटन गर्न आएका थिए। उपकरणको उद्घाटन गरेपछि चेतन कुमार श्रीवास्तव, अलिपुरद्वार डिभीजनका महाप्रबन्धक अमरजीत गौतम औ अन्य वरिष्ठ अधिकारी डिभाइस प्रदर्शनको प्रत्यक्ष जाँच गर्नका लागि राजाभातखावाको मधुतला क्षेत्रमा पुगे।
यसको लागि चेको बिटबाट जोनाकी औ मुमताज नामक दुईवटा कुनकी हात्तीलाई ल्याइएको थियो। सोही समय विस्टाडोम ट्रेन उक्त क्षेत्र भएर जंक्शन तर्फ गइरहेको थियो। ट्रेनको हर्न बजेको सुनेर रेल लाइन किनारमा रहेको कुनकी हात्ती जोनाकी डरायो अनि कर्मचारी सन्दीप चौदरीमाथि आक्रमण गऱ्यो जसमा सन्दीप चौधरीको घटनास्थलमै मृत्यु भयो। अचानक भएको यस घटनाका कारणले त्यहाँ उपस्थित रेलवे अधिकारीहरू स्तब्ध भए। पछि कर्मचारीको शवलाई उद्धार गरी अस्पतालमा पुऱ्याइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा