राज्यका ग्वालाहरूले अगस्त 2024 देखि दूधको प्रोत्साहन राशि पाएका छैनन्: डीआर गिरी
राज्यका ग्वालाहरूले अगस्त 2024 देखि दूधको प्रोत्साहन राशि पाएका छैनन्: डीआर गिरी


गान्तोक, 06 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका प्रवक्ता डीआर गिरीले राज्यका ग्वालाहरूले विगत सात महिनादेखि दूधको प्रोत्साहन राशि नपाएको दाबी गरेका छन्। उनले सिक्किम सरकारको दूधमा प्रोत्साहन नीति फेल भएको बताएका छन्।

प्रवक्ता गिरीले आज प्रदेश भाजपाको सिटी कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उक्त आरोप लगाए। ग्वालाहरूलाई प्रति किलो दूधमा आठ रूपियॉं प्रोत्साहन राशि दिने सरकारको घोषणा सराहनीय रहेको, तर गत अगस्त 2024 देखि राज्यका ग्वालाहरूले प्रोत्साहन राशि नपाएको उनले दाबी गरे। उनले ग्वालाहरूलाई देशमा सर्वाधिक प्रोत्साहन राशि प्रदान गरिएको दाबी गरिएको थियो, तर सात महिनादेखि प्रोत्साहन राशि प्रदान नगरिएपछि यो नीति फेल भएको बताए।

उनले ग्वालाहरूलाई यथा शिघ्र दूधको प्रोत्साहन राशि प्रदान गर्ने पहल गर्न माग गरे। यस अतिरिक्त, प्रवक्ता गिरीले सरकारको नीति अनुसार हरेक तीन महिनामा ग्वालाहरूलाई प्रोत्साहन राशि प्रदान गरिन्छ भनी बताए। उनले ग्वालाहरूको आवश्यकताहरूलाई ध्यानमा राख्दै प्रोत्साहन राशि हरेक महिना प्रदान गर्ने व्यवस्था गरिदिन सुझाउ दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande