- यदि हामीले साँच्चै हाम्रो पर्यावरणको ख्याल राख्यौँ भने मिशन लाइफ सफल हुन सक्छः राजीब गोगोई-स्वच्छ तन, मन र स्वच्छ पर्यावरणले हामीलाई विकसित भारततर्फ डोऱ्याउन सक्छः नीरज के पाण्डेगान्तोक, 06 मार्च (हि.स.)। भारत सरकारको सेन्ट्रल ब्युरो अफ् कम्युनिकेशन (सीबीसी) ले पत्र सूचना कार्यालय (पीआईबी) गान्तोकसँगको सहकार्यमा आज विकसित भारत@2047 माथि ‘एक पेड माँ के नाम’, ‘फिट इण्डिया’ र ‘स्वच्छता ही सेवा’ विषयवस्तु समेटेर एकीकृत सामुदायिक आउटरिच कार्यक्रम (आईसीओपी) आयोजना गऱ्यो। दूरदर्शन केन्द्र, गान्तोकमा आयोजना गरिएको कार्यक्रममा सिक्किम हिमालयन क्षेत्रीय केन्द्रको वनस्पति सर्वेक्षण विभागका प्रमुख राजीब गोगोई मुख्य अतिथि रहेका थिए। उक्त जानकारी पीआईबीले आज विज्ञप्तिमा दिएको छ।
आकाशवाणी तथा दूरदर्शन गान्तोकका उपनिर्देशक तथा क्लस्टर प्रमुख नीरज के पाण्डेले आफ्नो स्वागत सम्बोधनमा युवा पुस्तालाई रूख रोप्ने, वायु प्रदूषण कम गर्ने र सबैभन्दा पहिला स्वस्थ जीवनशैली अपनाउन आह्वान गरे। पाण्डेले हामीलाई धेरै सार्वजनिक सवारी साधनको प्रयोग गर्न र आफ्नो वरिपरि सफाइ कायम राख्नका लागि इमानदार प्रयास गर्न पनि प्रेरित गरे। उनको विश्वास छ, स्वच्छता घरबाट शुरु हुन्छ। श्री पाण्डेले बाल्यकालदेखि नै बालक-बालिकाहरूलाई सरल र स्वस्थ खाना बानी र जीवनशैली अपनाउन प्रोत्साहित गर्न आमा-बाबालाई अनुरोध गर्दै आफ्नो भाषणको अन्त्य गरे।
डा. राजीब गोगोईले यस प्रकारको जागरूकता कार्यक्रम आयोजना गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गरे। गोगोईले भने, “सिक्किम नागरिकहरूमा हरियाली, स्वच्छता र अनुशासनको सन्दर्भमा अग्रणी बनेको छ।” गोगोईले प्रधानमन्त्रीको ‘एक पेड माँ के नाम’ पहलको प्रशंसा गर्दै स्वच्छता आफ्नो घरबाट शुरु गर्नुपर्ने पनि बताए। यदि प्रत्येक नागरिकले एउटा रूख रोप्ने वाचा गर्छ र आफ्नो पर्यावरणलाई सफा राख्ने कसम खान्छ भने एक राष्ट्रको रूपमा भारत निश्चित रूपमा ‘विकसित भारत’ मा परिणत हुनेछ।
गोईले भने, भारत हरेक पक्षमा अन्तरराष्ट्रिय स्तरमा चम्किरहेको छ। यद्यपि पर्यावरणको सन्दर्भमा हामीले अब साँच्चै कडा परिश्रम गर्न आवश्यक छ। गत वर्ष सिक्किममा भएको जीएलओएफले हामीलाई पर्यावरणको सर्वोच्च महत्त्व र यसको संरक्षणमा हाम्रो व्यक्तिगत भूमिकाबारे शिक्षा दिएको छ। गोगोईले भने, ‘मिशन लाइफ’ तब मात्र सफल हुनेछ जब हामी पाठ्यपुस्तक, सेमिनार र कार्यशालाहरूभन्दा बाहिर आफ्नो दैनिक जीवनमा स्वस्थ जीवनशैलीलाई साँच्चै लागू गर्छौँ।
गोगोईले भने, हामीले धेरै कार्बन-डाइअक्साइड उत्सर्जन गर्ने, अनावश्यक ई-फोहोर पैदा गर्ने, पानी खेर फाल्ने आदिबाट सचेत रूपमा टाढा रहनुपर्छ। हाम्रा प्रधानमन्त्रीले वैश्विक स्तरमा भारतको मुख्य जीवनशैली प्रकृति उन्मुख छ भन्ने कुरामा जोड दिएका छन्। हामीलाई बाँच्नको लागि चाहिने सबै कुरा प्रकृति मातामा उपलब्ध छ, तैपनि हामी अनावश्यक रूपमा रूखहरू काटिरहेका छौँ र प्रकृतिलाई नष्ट गरिरहेका छौँ। गोगोईले हामीलाई यो जलवायु सङ्कटलाई कम गर्न हाम्रो व्यक्तिगत भूमिका खेल्न आमन्त्रित गरे।
कार्यक्रममा इञ्जिनियरिङका सहायक निर्देशक कमल कुमार श्रीवास्तव र प्रवीण यादव, कार्यक्रम कार्यकारी तरुण कुमार घोष, पीआईबी र आरएनयू गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्मा, समाचार सम्पादक आकाशवाणी गान्तोक मैनाक च्याटर्जी, वरिष्ठ समाचार वाचक तथा अनुवादक उषा शर्मा, समाचार वाचक वन्दना राई, आकाशवाणी, दूरदर्शन र पीआईबी गान्तोकका कर्मचारीहरूको उपस्थिति थियो।
पीआईबी गान्तोकका सहायक निर्देशक र आकाशवाणी गान्तोकका आरएनयू प्रमुख मानस प्रतिम शर्माले प्रस्ताव गरेको धन्यवाद मन्तव्यसँगै कार्यक्रम समापन भयो।
हिन्दुस्थान समाचार / बिशाल