गुवाहाटी, 06 मार्च (हि.स.)। असमका स्वास्थ्य मन्त्री अशोक सिंघलले बिहीवार सोशल मीडियाको माध्यमबाट स्पष्ट पारे, महापुरुष श्रीमन्त शंकरदेवको अनुपम रचना भाओनालाई लिएर उनीद्वारा नकारात्मक टिप्पणी गरिएको प्रचार पूर्ण रूपले निराधार छ। उनले भने, मैले यस्तो कुनै टिप्पणी गरेको छुइनँ। तर यस विषयलाई लिएर केही मीडिया संस्थानहरूमा विभिन्न प्रकारका खबरहरू प्रसारण गरिँदैछ जसबाट जनमानसमा गलत धारणा उत्पन्न भइरहेको छ।
सिंघलले भने, यो विषयले कसैको मनमा ठेस पुऱ्याउनसक्छ। म अनावश्यक विवाद चाहँदिनँ। तर यदि यसबाट कसैलाई दुःख पुगेको छ भने म क्षमा प्रार्थी छु। मेरो उद्देश्य कसैको भावनामा चोट पुऱ्याउनु होइन।
भाओना असमको पारम्परिक, धार्मिक औ सांस्कृतिक नाट्य प्रस्तुति हो जसलाई महान सन्त-विद्वान श्रीमन्त शंकरदेवले विकसित गरेका थिए। यो कृष्ण लीला तथा अन्य पौराणिक कथाहरूमाथि आाधारित हुन्छ अनि असमको शंकरी समाजमा यसको विशेष महत्व छ। यसलाई विशेष रूपमा सत्संगी समाज औ नामघर परम्परामा सम्मानपूर्वक हेरिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा