कसबाकाण्डमा पोस्टमर्टम रिपोर्टको खुलासाः शिशु रूद्रनीलको गला दबाएर हत्या, माता-पिताले फाँसी लगाएर दिए ज्यान
कसबाकाण्डमा पोस्टमर्टम रिपोर्टको खुलासाः शिशु रूद्रनीलको गला दबाएर हत्या, माता-पिताले फाँसी लगाएर दिए ज्यान


कोलकाता, 06 मार्च (हि. स.)। महानगर कोलकाताको कसबा क्षेत्रस्थित हालतुमा तीनजना मानिसहरूको पीड़ादायी मृत्युको मामिलामा पोस्टमर्टम रिपोर्ट सामु आएको छ।

रिपोर्ट अनुसार तीन वर्षीय रूद्रनील रायको गला दबाएर हत्या गरिएको थियो। उसको नाक र ओंठमा पनि चोटको निशान पाइएको छ। भनिन्छ, उसको मुखमा कुनै चिजले दबाएर सास रोकियो जसबाट उसको मृत्यु भयो। तथापि रूद्रनीलको हत्या कसले गऱ्यो, अहिले नै स्पष्ट हुन सकेको छैन।

जाँचमा जुटेका अधिकारीहरूले अनुमान व्यक्त गरेका छन्, रूद्रनीलको हत्या उसका माता-पिता सोमनाथ राय र सुमित्रा रायले गरे। त्यसपछि दुवैले फाँसी लगाएर आत्महत्या गरे। पोस्टमर्टम रिपोर्टमा यस कुराको पुष्टि भएको छ कि सोमनाथ र सुमित्राको मृत्यु फाँसी लगाएर भएको हो।

रिपोर्ट अनुसार सुमित्राको गलामा फाँसीको फन्दाको गहिरो निशान थियो। साथै दाहिने टाउको तर्फ रगत निक्लिएको संकेत प्राप्त भएको छ। दाहिने आँखाको वरिपरी पनि चोट लागेको थियो। सोमनाथको गला र गर्दनमा पनि डोरीको एउटै निशान पाइएको छ जुन फाँसीको कारणले भएको हो।

गत मंगलवार बिहान कसबाको हालतुस्थित उनीहरूको घरबाट तीनवटा शव जफ्त गरिएको थियो। घरभित्र भित्तामा एउटा सुसाइड नोट भेटियो जसमा सोमनाथले आफ्ना मामा प्रदीप कुमार घोषाल माइज्यु नीलिमा घोषालसित सम्पत्ति विवाद रहेको उल्लेख गरेका थिए।

पुलिसले यसै आधारमा प्रदीप कुमार घोषाल अनि नीलिमालाई पक्राउ गरेको छ। दुवैमाथि आत्महत्याको लागि उक्साएको मामिला दर्ता गरिएको छ। गए बुधवार अदालतले उनीहरूलाई सात दिनको पुलिस हिरासतमा पठाइदिएको छ।

ऋण, बिमारी औ सम्पत्ति विवाद मृत्युको प्रमुख कारण-पुलिस सूत्र मुताविक अटो चालक सोमनाथमाथि 10 लाख रुपियाँको ऋण थियो। आर्थिक संकटसँगसँगै छोराको बिमारीले उनको चिन्तालाई झन् बढ़ाइदियो। छोराको उपचार र औषधिमा धेरै पैसा खर्च भइसकेको थियो। यस अतिरिक्त मामा-माइज्युसित पनि सम्पत्तिलाई लिएर विवाद भइरहेको थियो।

उपरोक्त सबै कारणहरूले दम्पति गहिरो मानसिक तनाउमा थियो। तथापि पक्रा पर्ने मामा-माइज्युले आफूहरूमाथि लागेको आरोपलाई अदालतमा खारेज गरिदिएका छन्। उनीहरूले भनेका छन्, उनीहरूकको विवाद मात्र सम्पत्ति करको रसिदलाई लिएर भएको थियो, आत्महत्याको लागि उनीहरूले उक्साएका थिएनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande