इम्फाल, 06 मार्च (हि.स.)। मणिपुरमा सुरक्षा बल र वन विभागको संयुक्त टीमले दुई भिन्न-भिन्नै अभियानमा 50 ऐकर अवैध अफीमको खेती नष्ट गरेको छ।
पुलिस सूत्रहरू अनुसार, पहिलो अभियान टेङ्गनोपाल जिल्लाको लाइकोङ हिल रेन्जमा चलाइयो, जहॉं टेङ्गनोपाल पुलिस थाना क्षेत्र अन्तर्गत 40 ऐकरमा फैलिएको अवैध अफीमको खेती नष्ट गरियो। यस मामिलामा प्राथमिकी दर्ता गरेर जॉंच शुरू गरिएको छ।
दोस्रो अभियान काङकोक्पी जिल्लाको कोटजिम क्षेत्रमा चलाइयो, जहॉं काङपोक्पी वन विभाग र सुरक्षा बलहरूको संयुक्त टीमले एनकेएम थाना क्षेत्रमा 10 ऐकरमा फैलिएको अफीमको खेतीलाई नष्ट गरिदियो।
यस अतिरिक्त, तीन खेतीको झोपडीलाई पनि ध्वस्त गरिएको छ भने उर्वरक र रसायनहरूलाई जलाइएको छ। यस मामिलामा पनि प्राथमिकी दर्ता गरेर जॉंच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल