गान्तोक, 06 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ भारतको विकासमा पूर्वोत्तरको बढ्दो भूमिकामाथि अन्तर्दृष्टिपूर्ण छलफलमा केन्द्रिय मन्त्री किरेन रिजिजुका साथ इन्डिया टुडे कन्क्लेभ 2025 मा सहभागिता जनाउने छन्। पूर्वोत्तरमा सूर्य उदाउँछ शीर्षकमा सम्पन्न हुने उक्त सत्रले यस क्षेत्रको बढ्दो प्रभाव र राष्ट्रको भविष्यलाई आकार दिने सम्भावनालाई प्रकाश पार्नेछ।
उल्लेख्य, मुख्यमन्त्री प्रेमसिंह तामाङले इण्डिया टुडेको मूड अफ नेशन पोलमा उत्कृष्ट 62.1% अनुमोदन मूल्याङ्कनका साथ गृह राज्यको सबैभन्दा लोकप्रिय मुख्यमन्त्री चयन भएका छन्। मुख्यमन्त्रीले यस मञ्च मार्फत सिक्किम राज्यको लागि महत्त्वपूर्ण मुद्दाहरूमा दृष्टिकोण प्रस्तुत गर्ने बताइएको छ। सम्पूर्ण सिक्किमवासी जनतालाई भोलि, 7 मार्चको प्रत्यक्ष प्रसारण हेरेर यस गौरवशाली क्षणको साक्षी बन्न आह्वान गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल