गान्तोक, 06 मार्च (हि.स.)। सदर पुलिसले संदिग्ध ब्राउन शुगरसहित तीन जनालाई पक्राउ गरेको छ। रांकाको सलाङथाङ, कालीखोला निवासी नरेन्द्र इजामको एउटा किरायको घरबाट लागूऔषध जफत गरिएको हो।
पुलिस रिपोर्ट अनुसार, पुलिस निरीक्षक तमनराज गुरुङको अगुवाईमा सदर पुलिस थानाको एक टिमले विश्वसनीय सूचनाको आधारमा रांकाको सलाङथाङ, कालीखोलामा नरेन्द्र इजामको किरायको घरमा खोजी अभियान चलायो। यस क्रममा पुलिसले 93.99 ग्राम संदिग्ध ब्राउन शुगर, 17 बोतल कफ सिरपसहित इलेक्ट्रोनिक उपकरणहरू र तीनवटा वाहन जफत गरेको छ।
पुलिसले नरेन्द्र इजामसहित रादाङ, रानीपुल निवासी सुरज तामाङ र आरिथाङ, गान्तोक निवासी गोकुल तामाङलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरू विरुद्ध एनडीपीएस एक्ट, 1985 र साडा अधिनियम, 2006 अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल