ग्यास ट्याङ्करमा बनिएको गुप्त ठेगानाबाट 16 वटा पशु उद्धार, एकजना समातिए
ग्यास ट्याङ्करमा बनिएको गुप्त ठेगानाबाट 16 वटा पशु उद्धार, एकजना समातिए


सिलगढ़ी, 06 मार्च (हि. स.)। उत्तर बंगालको मार्गबाट भइरहेको पशु तस्करीको घटनाले रोकिने नाम लिएको छैन। यसै क्रममा ताजा मामिला फाँसीदेवाबाट सामु आएको छ जहाँ ग्यास ट्याङ्करमा बनाइएको गोप्य ठेगानाबाट 16 वटा जिउँदो पशुहरूलाई जफ्त गरिएको छ। यस मामिलामा ट्यांकरका चालकलाई पनि पक्राउ गरिएको छ। आरोपीको नाम खुशनुद खान हो।

सूत्र अनुसार भोर बिहान फाँसीदेवाको विधाननगर जाँच केन्द्रको पुलिसले डांगापाड़ा क्षेत्रमा नाका जाँच अवधि ग्यास ट्याङ्करलाई रोकेर चालकसित जाँचबुझ गरिरहेको थियो त्यतिकैमा पुलिस टीमले ट्याङ्करभित्रबाट पशुहरूको आवाज सुन्यो। त्यसपछि पुलिस टीमले शंका लागेर चालकलाई समात्यो। ट्यांकर खोलेर भित्र हेर्दा अचम्भको दृश्य सामु आयो।

ट्याङ्करभित्र पशुहरूले भरिएको थियो। ट्यांकरको भित्र-भित्रै हावा छिर्ने व्यवस्था पनि गरिएको थियो। त्यसपछि ट्याङ्करबाट 16 वटा पशुहरूलाई उद्धार गरी बचाइयो अनि चालकलाई पक्राउ गरियो। यी पशुहरूलाई तस्करी गरेर बिहारदेखि असम लगिँदैथ्यो। फाँसीदेवाको विधाननगर जाँच केन्द्रको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande