यूक्रेनमा रूसको मिसाइल हमला, चारको मृत्यु, 30 भन्दा धेरै घाइते
यूक्रेनमा रूसको मिसाइल हमला, चारको मृत्यु, 30 भन्दा धेरै घाइते


कीव, 06 मार्च (हि.स.)। यूक्रेनका राष्ट्रपति व्हादिमीर जेलेंस्कीले एक्स पोस्टमा रूसले क्रिवी रिहमा एक होटलमाथि बेलिस्टिक मिसाइलले हमला गरे भनेका छन्। होटलमा रातभरि बचाउ अभियान जारी रह्यो। हमला हुन केही समय अगाड़ी एक मानवाधिकार संगठनका कार्यकर्ताहरू यहाँ थिए। भाग्यवश, हमला हुन केही समय अगाड़ी सबै होटलदेखि बाहिर निस्के। यस हमलामा चार जनाको ज्यान गएको छ भने कम्तीमा 30 जना घाइते भएका छन्।

जेलेंस्कीले भनेका छन्, हमलामा भाग्यले बच्ने मानवाधिकार कार्यकर्ताहरूमा यूक्रेन, अमेरिका र ब्रिटेन नागरिक सामेल छन्। उनले मिसाइल हमलामा मारिएका मानिसहरूका परिवार र प्रियजनहरूप्रति समवेदना व्यक्त गरेका छन्। राष्ट्रपतिले भनेका छन्, घाइतेहरूलाई आवश्यक चिकित्सा सहायता उपलब्ध गराइएको छ। होटलका वरिपरिका धेरै बिल्डिङहरू पनि क्षतिग्रस्त भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande